काठमाडौं । नेपाली कांग्रेस इतर पक्षको १५औँ केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने निर्णय भएको छ । महाधिवेशन तयारी समितिको बैठकले वडा अधिवेशन भने असोज १५ गते गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी गतिविधि अघि बढाउन लागेको भन्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५औँ महाधिवेशन गर्नुपर्ने दाबी गरिएको छ ।
नेपाली कांग्रेसको २०८३ साउन २९, ३० र ३१ गते सम्पन्न राष्ट्रिय भेला/सम्मेलनको निर्देशनअनुसार १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको भदौ १७ र १८ गते बसेको बैठकले महाधिवेशनको मिति तय गरेको जनाएको छ ।
महाधिवेशनअन्तर्गतका अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णयसमेत भएको छ । जिल्ला अधिवेशन तयारी समिति, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन तयारी समिति, पालिका अधिवेशन तयारी समिति र वडा अधिवेशन तयारी समिति असोज ३ गतेभित्र गठन गरिसक्ने तयारी समितिले जनाएको छ । यसका लागि विभिन्न जिल्लामा केन्द्रीय प्रतिनिधिसमेत तोकिएको छ । जसअनुसार पाँचथरमा सूर्यकुमार दाहाल, झापामा महीन्द्राकुमारी लिम्बु, संखुवासभामा दीपक खड्का, तेह्रथुममा सीता गुरुङ, भोजपुरमा उत्तम चापागाईं, धनकुटामा कमोट फागु, मोरङमा भीम पराजुली र सुनसरीमा लक्ष्मी खतिवडालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, सोलुखुम्बुमा सुभराम बस्नेत, खोटाङमा सरस्वती बजिमय, ओखलढुंगामा गोमा केसी, उदयपुरमा नारायणबहादुर कार्की, सप्तरीमा मञ्जु यादव, सिरहामा सन्तोष चौधरी, धनुषामा हरेशप्रसाद महतो, महोत्तरीमा उषा राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो. मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपानेलाई केन्द्रीय प्रतिनिधिका रूपमा तोकिएको छ ।
दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ (कान्छाराम), सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा गणेश लामा, चितवनमा कञ्चनचन्द्र वादे, ललितपुरमा मदनबहादुर अमात्य र काठमाडौंमा कल्याणी रिजाललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी, गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी र प्रा.डा. कृष्ण गौतम, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा गोविन्द भट्टराई, म्याग्दीमा ऋषि काफ्ले, बागलुङमा सरस्वती अर्याल तिवारी, नवलपुरमा गुरु बराल, नवलपरासीमा विकास घिमिरे, पाल्पामा कृष्ण बस्याल, अर्घाखाँचीमा बाबुराम पौडेल र गुल्मीमा देउवबहादुर थापालाई प्रतिनिधि तोकिएको छ ।
रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, बर्दियामा जग्गा पाण्डे, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा भीमनिधि हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन ताम्राकार, अछाममा कवीराज पण्डित, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चित्तामणि भट्ट, डडेल्धुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशीलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिइएको छ ।
तय गरिएका अधिवेशनहरू सम्पन्न गर्न पार्टीका सबै तहका जिम्मेवार नेता–कार्यकर्ता, क्रियाशील सदस्य तथा शुभेच्छुकलाई आवश्यक सहयोग, समर्थन र सहभागिताका लागि तयारी समितिले अनुरोध गरेको छ । निर्णयबारे सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुइँकेलले जानकारी दिनुभएको हो ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी