काठमाडौं । लुम्बिनीस्थित पाँचतारेस्तरको होटल बुद्ध रिजेन्सी लिमिटेडलेे सर्वसाधारणका लागि जारी गरिने एक सय अंकित दरका १५ लाख कित्ताले हुन आउने १५ करोड रकम बराबरको साधारण सेयर निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सेयर निष्कासनका लागि बुद्ध रिजेन्सीतर्फबाट सञ्चालक सुनिल अग्रवाल तथा लक्ष्मी सनराइज क्यापिटलतर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । बुद्ध रिजेन्सी होटल नेपालको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ठीक अगाडि सञ्चालनमा आएको एक उत्कृष्ट पाँचतारे लक्जरी होटल हो ।
जसले ‘विन्डहम होटल्स एण्ड रिसोर्ट्स’ सँग साझेदारी गरी ‘रामाडा बाइ विन्डहम’ ब्राण्डअन्तर्गत सेवा प्रदान गरिरहेको छ । होटलमा पूर्ण आरामदायी अनुभवका लागि डिजाइन गरिएका एक सयभन्दा बढी सुविधायुक्त कोठा उपलब्ध रहेका होटलले जनाएको छ ।







देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार