काठमाडौं । पोखरा फाइनान्स लिमिटेडका ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित काष्ठ परिष्कर प्रालिबाट फर्निचर खरिद गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । पोखरा फाइनान्स र काष्ठ परिष्कर प्रालिबीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार पोखरा फाइनान्सका खातावालाले काष्ठ परिष्कर प्रालिबाट फर्निचर खरिद गरी पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत् बिल भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकलाई थप सुविधा तथा लाभ उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावालाहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास फाइनान्सले गरेको छ ।







लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य
भोटेकोशी बाढी : एक हजार
बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र,
क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि