काठमाडौं । बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन युएसभी फर्मास्युटिकल्सले नेपाल चिकित्सक संघको राहत अभियानलाई एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा आएको हिमबाढी तथा त्यसबाट उत्पन्न परिस्थितिका कारण घर, खाद्यान्न, लत्ताकपडा तथा दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत सामग्री गुमाएका परिवारलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो । सहयोगबाट बाढी प्रभावित क्षेत्रका तीन सय घरधुरीका एक हजार पाँच सय जना प्रत्यक्षरूपमा लाभान्वित हुने बताइएको छ ।
एक कार्यक्रमबीच नेपाल चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाल र युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज सिसोडियाबीच सहयोगसम्बन्धी सम्झौतापत्र आदानप्रदान गरिएको थियो । नेपाल चिकित्सक संघका अध्यक्ष डा. रिजालले प्रभावित क्षेत्रमा स्थलगतरूपमा पहिचान भएका आवश्यकताका आधारमा राहत सामग्री वितरण गरिने बताउनुभयो । उहाँका अनुसार बाढीबाट घरबारविहीनका लागि करिब तीन सयवटा अस्थायी आवास निर्माण गरिनेछ । उहाँले प्रभावित परिवारलाई ओछ्यान, ओढ्ने सामग्री, सौर्य बत्ती तथा मोबाइल चार्ज गर्ने सुविधासमेत उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो ।
युएसभी फर्मास्युटिकल्सका प्रमुख व्यापार अधिकृत महिदवाज एस. सिसोडियाले विपद्मा प्रभावित समुदायलाई सहयोग गर्नु संस्थाको सामाजिक उत्तरदायित्वको महत्त्वपूर्ण हिस्सा भएको बताउनुभयो । स्वास्थ्य तथा औषधि क्षेत्रमा कार्यरत संस्थाका रूपमा मानवीय संकटमा प्रभावित परिवारको साथमा उभिनु आफ्नो दायित्व भएको उहाँको भनाइ थियो । युएसभी फार्माका नेपाल प्रमुख सुरज श्रेष्ठले प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल चिकित्सक संघको राहत अभियानसँग सहकार्य गरिएको बताउनुभयो ।
युएसभी फर्माका मानव संसाधन विभाग प्रमुख रोहित शर्माले विपद्बाट प्रभावित समुदायलाई राहत तथा पुनर्लाभका लागि निजी क्षेत्र, स्वास्थ्य संस्था, सामाजिक संघसंस्था तथा सम्बन्धित निकायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी