काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउण्डेसन (डिएमएच फाउण्डेसन) बंगलादेशले संयुक्तरूपमा राहत वितरण गरेका छन् । संस्थाहरूले नुवाकोटको विदुर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न तथा आधारभूत आवश्यकताका सामग्री वितरण गरेका हुन् । राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको अवस्था, समस्या र आवश्यकताबारे जानकारीसमेत लिएको थियो ।
उक्त अभियानका लागि आवश्यक आर्थिक सहयोग डिएमएच फाउण्डेसन बंगलादेशले उपलब्ध गराएको थियो भने राहत सामग्रीको व्यवस्थापन, वितरण तथा स्थानीयस्तरमा समन्वयको जिम्मेवारी एएचजेड एसोसिएट्स नेपालले गरेको थियो । राहत अभियानबारे प्रतिक्रिया दिँदै डिएमएच फाउण्डेसन, बंगलादेशका अध्यक्ष क्याप्टेन एकेएम गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानवताको कुनै सीमा हुँदैन । जब मानिसहरू कठिनाइ र क्षतिको सामना गरिरहेका हुन्छन्, त्यतिबेला उनीहरू कहाँबाट आएका हुन् भन्नेभन्दा पनि उनीहरूको साथमा उभिनु महत्त्वपूर्ण हुन्छ । नेपालका बाढीपीडित परिवारलाई सहयोग गर्ने अवसर पाएकोमा हामी गौरवान्वित छौँ ।’ फाउण्डेसनले आफ्ना संस्थापक तथा संरक्षक जाहिरूल इस्लाम तथा गोलाम मुर्तुजालगायतको मार्गदर्शन र सहयोगमा अभियान सञ्चालन गरिएको जनाएको छ ।
राहत अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर सोबिन थापाले गर्नुभएको थियो । काठमाडौंस्थित मुख्य कार्यालयबाट परिचालित राहत टोलीमा सोबिन थापा, अर्चना यादव, सजल पोखरेल, रिषभ सिंह, प्रज्ञा मगर, दिवेश अधिकारी, अम्बिका गिरी, मेघा बज्राचार्य र योगेन्द्र साउद सहभागी हुनुहुन्थ्यो ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा