काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका ३ का बाढीपीडितलाई राहत वितरण गरेको छ । संस्थाले सडक सञ्जाल टुटेका कारण उद्धार र राहतबाट वञ्चित नदीपारिको तटीय क्षेत्रका एक सय ४१ बाढी प्रभावितलाई अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
बाढीका कारण संस्थाका शाखा कार्यालय बेत्रावती कार्यालय प्रमुखसहित दुई जना कर्मचारी हालसम्म सम्पर्कविहीन रहेका पनि संस्थाले जनाएको छ । विदुर नगरपालिका वडा ३ का कार्यवाहक वडाध्यक्ष इन्द्रप्रसाद अधिकारीको रोहवरमा राहत वितरण गरिएको संस्थाले जनाएको छ ।
अति प्रभावितलाई प्रतिपरिवार/व्यक्ति २५ केजी चामल, दुई केजी दाल, दुई केजी चिउरा, एक लिटर तेल, एक केजी नुन र एउटा साबुन र प्रभावितलाई १२.५ केजी चामल, एक केजी दाल, एक केजी चिउरा, आधा लिटर तेल, एक केजी नुन र साबुन प्रदान गरिएको संस्थाले जनाएको छ । संस्थाले कुल एक सय बोरा चामल, दुई सय केजी दाल, एक सय लिटर लिटर तेल, दुई सय केजी चिउरा, एक सय ५० केजी नुन र एक सयवटा साबुन वितरण गरिएको संस्थाले जनाएको छ ।
राहत वितरण कार्यक्रममा संस्थाको केन्द्रीय कार्यालय प्रबन्धक सुमन श्रेष्ठ, इलाका कार्यालय ठिमीका प्रबन्धक लक्ष्मण बस्नेत, शाखा कार्यालय विदुरका प्रबन्धक प्रमोदकुमार सिग्देल र सहायक पुष्पराज अधिकारी आफैं विपद्ग्रस्त क्षेत्रमा पुगी राहत वितरण कार्यमा संलग्न रहेको बताएको छ । पीडितहरूको घाउमा मल्हम लगाउन संस्था सदैव समुदायको साथमा रहेको जनाएको छ ।







आज साँझसम्म यातायात सञ्चालन गर्ने
देवीघाटमा एक्रो ब्रिज निर्माण तीव्र,
नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२
भोटेकोशी बाढी : ट्रमा सेन्टरमा
लागुऔषध खैरो हेरोइनसहित मकवानपुरमा तीन
कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य