काठमाडौं । विनाशकारी बाढीका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल तयारी पोशाक उद्योग संघले गहिरो दुःख व्यक्त गर्दै संघ तथा संघका सदस्यतर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी ३३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ । साथै, संघका सदस्य उद्योगहरूले समेत आ-आफ्ना तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् ।
त्यसैगरी, बाढीपीडित तथा प्रभावित नागरिकको तत्काल आवश्यकतालाई ध्यानमा राखी संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूसमेतको सहयोगमा लत्ताकपडा, तयारी पोशाक र अन्य आवश्यक सामग्री राहतस्वरूप वितरण भइरहेको संघले जनाएको छ । विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनतर्फ फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरहरूको संरक्षण र सिर्जनामा समेत विशेष ध्यान दिन आवश्यक रहेको संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताउनुभएको छ ।






टिपरको ठक्करबाट एक जनाको मृत्यु
भोटेकोशी बाढीपछि नेपालको प्रश्न :
तीन दिनमै ८७ हजारभन्दा बढी
मुक्त हलियाको समस्या स्थायी समाधान
साउदी अरेबियालाई ५ विकेटले हराउँदै
बालेनलाई गगनको सुझाव : ‘महासभामा