काठमाडौँ । थकाली कल्याण समाज यूकेले रसुवाका बाढीपीडितको राहत तथा सहयोगका लागि १७ लाख ५७ हजार ३४५ रुपैयाँ संकलन गरेको छ ।
संकलित रकममध्ये १० लाख रुपैयाँ मन्त्री महावीर पुनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको समाजले जनाएको छ । बाँकी सात लाख ५७ हजार ३४५ रुपैयाँ थकाली कल्याण समाजको केन्द्रीय समिति, काठमाडौंमार्फत रसुवाका बाढीपीडितको राहत तथा सहयोगका लागि हस्तान्तरण गरिएको छ ।
राहत रकम थकाली कल्याण समाज यूकेका उपाध्यक्ष केशर शेरचन, सल्लाहकार टंका तुलाचन तथा सदस्य नगेन्द्र गौचनको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत तथा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको समाजले जनाएको छ ।
समाजले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्दै उनीहरूको योगदानले बाढीपीडित परिवारलाई राहत पुर्याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन