काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वर्तमान सरकारका गलत काम रोक्न तथा जनताको अधिकारको रक्षा गर्न नयाँ राजनीतिक अग्रगामी मोर्चा निर्माण गर्न लागिएको बताउनुभएको छ ।
अग्रगामी मोर्चा सरकार गिराउने र बनाउने खेलका लागि मात्रै नभएको दाबी गर्दै उहाँले सरकारका गलत निर्णय, भ्रष्टाचार, महँगी, कालोबजारी तथा जनतामाथि हुने अन्यायविरुद्ध राजनीतिक संघर्ष गर्न मोर्चा निर्माण गर्न लागिएको बताउनुभयो ।
देशको राजनीति गलत दिशातर्फ गएकाले त्यसलाई सही बाटोमा ल्याउन नयाँ राजनीतिक शक्ति र मोर्चाको आवश्यकता परेको उहाँको जिकिर थियो । महँगी र कालोबजारी बढेको, भ्रष्टाचार नियन्त्रणका नाममा समेत लुट भइरहेको तथा गरिब र सुकुम्बासीमाथि अन्याय भइरहेको आरोप लगाउँदै उहाँले यस्ता गतिविधि आफूहरूलाई स्वीकार्य नभएको बताउनुभयो ।
सरकारविरुद्ध राजनीतिक रूपमा प्रतिरोध आवश्यक रहेको उल्लेख गर्दै साहले नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनले अपेक्षित परिणाम दिन नसकेको बताउनुभयो । राजनीतिक दलहरूले विगतका संघर्षको समीक्षा गर्नुपर्ने उहाँको भनाइ थियो ।
२००७ सालदेखि २०४६ सालको आन्दोलन, मधेस आन्दोलन र जनयुद्धसम्मका संघर्षको स्मरण गर्दै उहाँले पटक–पटक आन्दोलन भए पनि जनताले त्यसको अपेक्षित प्रतिफल पाउन नसकेको बताउनुभयो । उहाँका अनुसार आन्दोलनहरू सम्झौतामा टुंगिने र सम्झौताका विषय कार्यान्वयन नहुँदा जनताको अधिकार स्थापित हुन नसकेको हो ।
“सरकार गिराउने–बनाउने हेर्नुपर्छ, तर सरकारको अत्याचार रोक्न जरूरी छ । नेपालमा जति पनि लडाइँ भए, सबै सम्झौतामै डुबेर धोकाको सिकार भए,” उहाँले भन्नुभयो ।
संघीयता, लोकतन्त्र, समानता र स्वाधीनताका लागि भएका संघर्षको उद्देश्य पूरा नभएको दाबी गर्दै साहले अबको राजनीतिक संघर्षलाई उपलब्धिमुखी बनाउनुपर्ने बताउनुभयो ।
यसैगरी, नेपालमा लोडसेडिङ अन्त्य र विद्युत् क्षेत्रमा भएको परिवर्तनको श्रेय पूर्वऊर्जामन्त्री जनार्दन शर्मालाई दिनुपर्ने उहाँले बताउनुभयो । विभिन्न समयमा सरकारमा सहभागी भएका मन्त्रीहरूको योगदानको समेत राजनीतिक मूल्याङ्कन हुनुपर्ने उहाँको धारणा थियो ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी