काठमाडौं । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त आयोजनामा चीनको राजधानी बेइजिङमा छैटौं ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह सम्पन्न भएको छ । होटल लिफनमा आयोजित समारोहमा नेपाल तथा चीनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका करिब डेढ दर्जन नेपालीसहित व्यवसायी, कलाकार, समाजसेवी तथा विज्ञलाई सम्मान गरिएको थियो ।
चीनका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनालको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा एसिया प्यासिफिक ट्रेड एग्रिमेन्ट तथा चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजका प्रमुख चिनियाँ व्यवसायी वाङ यानसहित गुओ कोनी ली, मेई तथा डविलिया औटीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
समारोहमा कार्यवाहक राजदूत खनालले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले नेपाल-चीन सम्बन्धलाई थप मजबुत बनाउँदै पर्यटन, आर्थिक तथा व्यावसायिक सहकार्य विस्तारमा योगदान पुर्याउने बताउनुभयो । विशेष अतिथि वाङ यानले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप व्यापक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा वरिष्ठ गायक सीताराम पोखरेललाई ‘एपेक्स ग्लोबल विशेष सम्मान’ प्रदान गरिएको थियो । शिक्षा, इन्जिनियरिङ, कला, गायन, समाजसेवा, व्यवसाय, स्वास्थ्य तथा पर्यटनलगायत क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।
समारोहमा लुम्बिनी पर्यटन प्रवर्द्धन तथा नेपाल-चीन पर्यटन सहकार्यका विषयमा समेत चर्चा गरिएको थियो । नेपालका इन्जिनियर मोहन संग्रौलाले अरनिकोको समयदेखि कायम नेपाल-चीन सम्बन्धलाई आधुनिक आर्थिक तथा व्यावसायिक सहकार्यसँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रम आयोजक संस्थाका प्रमुख तथा अभिनेता श्रीदेव भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । समारोहमा सातौं ग्लोबल कन्फ्रेन्स तथा अवार्ड समारोह इण्डोनेसियाको बालीमा आयोजना गर्ने घोषणा गरिएको छ ।







संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत
विमानस्थलमै कार्यक्रम गर्न खोजेपछि दुर्गा
एमालेमा दुई प्रतिवेदन मिलाउने जिम्मा