काठमाडौं । नेपाली गजलको उन्नयनमा दुई दशकदेखि सक्रिय अनाममण्डलीले १६१औं मोतीजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रज्ञाप्रतिष्ठान परिसरमा रहेको आदिगजलकार मोतीराम भट्टको सालिकमा माल्यार्पण गरी गजलवाचन गरेको छ ।
२०७२ सालमा अनाममण्डलीले स्थापना गरेको सालिकमा प्रतिष्ठानका काव्य, संस्कृति तथा डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटा, मण्डलीका अध्यक्ष रूपक अलंकार, पूर्वअध्यक्ष घनेन्द्र ओझालगायतले माल्यार्पण गर्नुभएको थियो ।
कार्यक्रममा विश्व कीर्तिमानी गायक-संगीतकार सन्तोष श्रेष्ठले मोतीरामको गजल प्रस्तुत गर्नुभएको थियो भने गजलकार राधा कणेल र केशव भट्टराईले उहाँका गजल तरन्नुममा वाचन गर्नुभएको थियो । कार्यक्रममा सापकोटाले नयाँ प्राज्ञ परिषद्ले कुशे औंसीलाई ‘राष्ट्रिय गजल दिवस’का रूपमा मनाउने निर्णय गरेको जानकारी दिनुभयो । भोटेकोशी बाढीका कारण यस वर्षको कार्यक्रम भने सारिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार आगामी असोज १६ गते ‘मोती-लय’ आयोजना गरिनेछ । कार्यक्रममा सातै प्रदेशका २१ नयाँ पुस्ताका र १० अग्रज गजलकारका गजल वाचन गरिनेछ । साथै ११ कलाकारले मोतीरामका चित्र बनाउने तथा उहाँका गजलमा अभिनयसमेत प्रस्तुत गर्नेछन् ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी