१. गौतमको ‘मनको क्यान्भासमा’
‘मनको क्यान्भासमा’ रमेशप्रसाद गौतमको कविता कृति हो । गौतम उच्च बौद्धिक शिक्षाविद् तथा शैक्षिक अभियन्ता हुनुहुन्छ । उहाँ विशेषगरी लेखहरू लेख्नुहुन्छ र लेखलाई पुस्तकाकार रूप दिँदै आउनुभएको छ । साथै कवि पनि हुनुहुन्छ । ‘मनको क्यान्भासमा’ उहाँको कविता कृति हो । मोहनध्वज जोशी प्रकाशक रहनुभएको यो पुस्तक डिएमआई आकारमा छ । २०८१ मा प्रकाशित पुस्तकको सर्वाधिकार कविमै छ भने पहिलो संस्करणमा पुस्तक ५०० प्रति छापिएको छ । मल्टिग्राफिक प्रेस प्रालि बाफलमा मुद्रण भएको पुस्तक भूमिकाखण्डमा २४ र पाठ्यखण्डमा ११८ गरी जम्मा १४२ पृष्ठमा प्रकाशित पुस्तकको मूल्य २५० रुपैयाँ छ ।
विषयवस्तुका आधारमा हेर्ने हो भने यस सङ्ग्रहका कवितामा हिमाल, पहाड, तराई, फूल, पृथ्वीलगायत प्रकृति चित्रण गरिएको छ । राज्य व्यवस्था, संविधान, कानुन, लोकतन्त्र, ऐतिहासिकस्थल, सम्पदा प्रेम, प्रणय, अग्रजप्रतिको सम्मान, महामारी र क्रान्तिलाई विषय बनाइएको छ । आफ्नो गाउँलाई सम्झना गरिएका कविता पनि छन् ।
पुस्तकको आवरण कलात्मक छ । पहाड, हिमाल, आकाश, नदी, नदीतटमा मानिसको घर र मान्छेहरू देखाइएको छ । पृष्ठावरणमा फोटोसहित कविको विस्तृत परिचय दिएको छ । उहाँको सामान्य परिचय, संलग्नता, गरेका कार्य, प्रकाशित कृतिहरू, प्राप्त गरेका मानसम्मान, पदक, पुरस्कार र भ्रमण गरेका राष्ट्रहरूका नाम उल्लेख भएको छ । भूमिकाखण्डमा भुवन ढुंगानाको ‘मेरो भन्नु’ पद्म देवकोटाको ‘कविता आस्वादन र मिठास’ फणीन्द्ररत्न बज्राचार्यको ‘सोचाइ र बुझाइ’ अनि कवि गौतमको ‘रचनाकारका दुई शब्द’ छन् । त्यसपछि विषयसूची छ ।
पुस्तकमा ७० वटा कविताहरू सङ्गृहीत छन् । उहाँले केही गजल पनि संलग्न गर्नुभएको छ । बाँकी गद्य कविता हुन् । ७० वटामध्ये अधिकांश कविताका शीर्षक एक वा दुई शब्दका छोटाछोटा छन् । एक-दुईवटा कविताका शीर्षकमात्र त्यसभन्दा लामा छन् । यसबाट कवि गौतम आफ्ना कवितामा छोटा शीर्षक चयन गर्नुहुन्छ भन्ने देखिन्छ । गौतमको यस सङ्ग्रहमा समेटिएका कविता छोटा र मध्यम आयामका हुन् । ती कविताको फैलावट धेरै लामो छैन । यस सङ्ग्रहमा कविले केही गजलहरूका साथै मुक्तक पनि छन् । कुनै-कुनै कविता पद्यशैलीका पाइन्छन् । हेर्दा यो कवितासङ्ग्रह गद्यकविता, पद्यशैलीका कविता, गजल र मुक्तकको समिश्रण हो भन्ने देखिन्छ, अधिकांश कविता गद्यमै छन् ।
विषयवस्तुका आधारमा हेर्ने हो भने यस सङ्ग्रहका कवितामा हिमाल, पहाड, तराई, फूल, पृथ्वीलगायत प्रकृति चित्रण गरिएको छ । राज्य व्यवस्था, संविधान, कानुन, लोकतन्त्र, ऐतिहासिकस्थल, सम्पदा प्रेम, प्रणय, अग्रजप्रतिको सम्मान, महामारी र क्रान्तिलाई विषय बनाइएको छ । आफ्नो गाउँलाई सम्झना गरिएका कविता पनि छन् । सबै कविता पढिसकेपछि गौतम विविध विषयमा कविता लेख्ने व्यक्तिका रूपमा देखिनुहुन्छ । ‘मनको क्यान्भास’ यस सङ्ग्रहको शीर्ष कविता हो जुन पहिलो स्थानमै छ । पुस्तकको छपाइ आकर्षक र स्तरीय छ । राम्रो कागजको प्रयोग तथा अशुद्धि कमै भेटिन्छन् । पुस्तकका लागि कवि गौतमलाई बधाई छ । उहाँबाट अन्य कृतिहरूको पनि अपेक्षा गर्नु अन्यथा हुनसक्दैन ।
२. पिमला न्यौपानेको ‘अन्तर्मनका भाकाहरू’
‘अन्तर्मनका भाकाहरू’ शीर्षकको यो सानो स्ट्यान्डर्ड साइजको पुस्तक कवितासङ्ग्रह हो । यो पुस्तक समकालीन साहित्य प्रतिष्ठान बेलायतद्वारा प्रकाशित भएको छ । पिमला न्यौपानेको यो पुस्तक २०७९ सालमा प्रकाशित पहिलो संस्करण हो ।
कविताहरू एक, दुई र तीन शब्दका छोटाछोटा शीर्षकमा रचना गरी गद्यमा लेखिएका छन् । कुनै-कुनै गीतिलयको झल्को दिने खालका छन् । कविता राष्ट्र-राष्ट्रियता, गाउँ-शहर, संस्कार-संस्कृति, प्रेम-मानव जीवन, मृत्यु, नारी मनोभावना, विदेशका विभिन्न ठाउँको चित्रण आदि विविध विषयमा लेखिएका छन् ।
सर्वाधिकार कविमा रहेको यस पुस्तकको आवरण टाइम्स क्रिएसनको तर्फबाट सुन्दर बस्नेतद्वारा तयार गरिएको छ । साथ सज्जा वसन्तराज अज्ञातको छ । पुस्तकको आवरणमा अमूर्तकला छ र तल पुस्तकको शीर्षक राखिएको छ ठूला अक्षरमा । साथै त्यहीसँगै साना अक्षरमा कविको नाम छ ।
पृष्ठावरणमा फोटोसहित कविको छोटो परिचय दिएको छ । जसनुसार पर्वतको पैयुँकी बासिन्दा भए पनि हाल काठमाडौँ उल्लेख छ भने उहाँ अङ्ग्रेजी विषयको उपप्राध्यापक तथा अधिवक्ता रहनुभएको जानकारी पाइन्छ । यही पृष्ठमा प्राडा.प्रियंवदा पौडेल र डा.लेखनाथ निरौलाका भनाइ रहेका छन् भने तल प्रकाशक संस्थाको लोगोसहित नाम उल्लेख भएको छ । पुस्तकमा भूमिकाखण्डसहित ८८ पृष्ठ छन् । छपाइ स्तरीय छ र अशुद्धि कमै पाइन्छन् । पुस्तकको मूल्य १७५ रुपैयाँ छ । पुस्तक उहाँले आफ्नी आमालाई समर्पण गर्नुभएको छ । भूमिकाखण्डमा समकालीन साहित्य प्रतिष्ठान बेलायतका अध्यक्ष कृष्ण बजगाईंको ‘प्रकाशकीय’ प्राडा.कृष्णहरि बरालको ‘शुभेच्छाका केही शब्द’, प्राडा.जीवलाल सापकोटाको ‘शुभकामना’ र कविको ‘मेरो भनाइ’ छन् ।
पुस्तकमा पहेँलो हलुका कागज प्रयोग भएको छ । तीसवटा कविता छन् । कविताहरू एक, दुई र तीन शब्दका छोटाछोटा शीर्षकमा रचना गरी गद्यमा लेखिएका छन् । कुनै-कुनै गीतिलयको झल्को दिने खालका छन् । कविता राष्ट्र-राष्ट्रियता, गाउँ-शहर, संस्कार-संस्कृति, प्रेम-मानव जीवन, मृत्यु, नारी मनोभावना, विदेशका विभिन्न ठाउँको चित्रण आदि विविध विषयमा लेखिएका छन् । पुस्तकका लागि कवि पिमला न्यौपानेलाई बधाई, साथै सिर्जनाको निरन्तरताको कामना ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक