महाकाव्य लेखन स्रष्टाका लागि आफैँमा एउटा समाधि हो । यस समाधिको अन्तरबाट उठेको आँधीले स्रष्टालाई कल्पनात्मक तुफानी बेगमा उडाउँछ । जीवन र जगत्को सम्यक सन्तुलनमा सिर्जनाका सहस्र पोयाहरू फुकाउने प्रयासको शृङ्खला स्वभाविक रूपमा निर्मित गराउँछ । एक शब्दबाट सुरु हुने सिर्जनाका लघुत्तम, लघु, फुट्कर, खण्डकाव्यभन्दा एक खुड्किलोमाथि र बृहदाकारभन्दा एक तहमुनिका आकारका आयामलाई महाकाव्यनामाङ्कन गरिन्छ । पुरुष महाकवि एकमात्र महाकवि लक्ष्मीप्रसाद देवकोटा भए पनि महाकाव्यकारको अग्लो सूची छ । यसभित्र पनि विविध प्रकारका महाकाव्यहरू देखापर्दछन् ।
सत्तामहाकाव्य, शक्तिमहाकाव्य, स्तुतिमहाकाव्य र महान् व्यक्तित्वका निरपेक्ष गरिमामय महान् गाथा गायनका महाकाव्यहरू र चोखा काल्पनिक पात्र छनोटमा समग्र विश्व अटाउने महाकाव्य लेखन चाहिँ अबको अपरिहार्य आवश्यकताभित्र पर्नसक्छ । यस अत्यावश्यकता इतर ऐतिहासिक, पौराणिक महाकाव्य लेखनकै हारमा सशक्त नारी स्रष्टाका रूपमा देखा परेकी छिन् सुदूर पूर्वी क्षितिज इलामे नारी स्रष्टा प्रतिभा पौडेल ।
महत्त्वपूर्ण स्रष्टत्व पहिचान हो चौडा निरन्तरता । धेरै कविहरू उदाउनकै निमित्त उदाउने छन् । केही कविहरू कवित्व चेतनाको समाप्तिसँगै लामो समय बाँचेर मर्ने छन् । पहिलो रहरमात्र हो भने दोस्रो चाहिँ चौडा अध्ययन र लेखनको अभावले हो । देशको गीत गाएर सीमामा बाँधिनु ऊर्जाशीलको कमजोरी/परम्परा, संस्कृति र संस्कारका झारका थुप्राभित्र आफूलाई होम्नु र त्यहीँ घुमाइरहनु यिनै विकृतिका उपज हुन् ।
नारी महाकाव्य लेखनका शृङ्खला त्यति लामा नभएकाले म देवी नेपालका सूचनालाई आधार मानेर यहाँ नामाङ्कित गर्दछु । माधुरी भट्टराई, बुनु लामिछाने, गोमा उपाध्याय, गार्गी शर्मा, सीतादेवी प्रधान, छन्दिका घिमिरे, इन्दु पन्त, कृष्णादेवी शर्मा श्रेष्ठ, सुशीला कोइराला भण्डारी, भद्रकुमारी घले, सीता भट्टराई, मुना धिताल अर्याल, सिर्जना खनाल, रेणुका भट्टराई, मञ्जिला अनिल हुँदै अहिलेसम्मकी पछिल्ली स्रष्टा प्रतिभा पौडेलसम्म आइपुग्दा सोह्र वटी नारी महाकाव्यकार स्रष्टाहरू देखापर्दछन् । माथिका नारी स्रष्टामध्ये कतिले पौराणिक अनुदित बाटो अपनाएर महाकाव्य लेखेका पाइन्छन् । कतिले ऐतिहासिक महापुरुषका गाथामा आधारित रहेर महिमागान गाएका छन् भने कतिले वर्तमान अवस्थाकै सालाखाला आनुपातिक कार्यव्यापारका प्रक्रियामा हेर्दा असलकै आधिक्यलाई नायक बनाएर पनि नारी स्रष्टाले महाकाव्यमा कलम चलाएका देखिन्छन् ।
यीमध्ये प्रतिभा पौडेल पौराणिक विषयवस्तुकै घेराभित्र रहेका उच्च/उदात्त, धीर/धीरा व्यक्तित्व नै पात्र छनोट गरी गरिमा ढङ्गले पौराणिक धारमा रही महाकाव्य लेख्ने स्रष्टा स्वरूप हुन् भन्ने कुरा तितिक्षा शीर्षक महाकाव्यले स्पष्ट पार्दछ । महाभारतको अध्ययन र यसको अन्तरमर्मबोध हुनु नै मान्छे सच्चा मान्छेको सिँढीमा उक्लनु हो । यसमा अर्थात् महाभारतमा के के छैनन् जे जे संसारमा छन् तर संसारमा जे जे छैनन् ती जम्मै महाभारतमा छन् । त्यसैले यसलाई इपिक अफ ग्रोथ अर्थात् उपजीव्य महाकाव्य पनि भनिन्छ ।
यसको अध्ययनसँगै अर्को इपिक अफ आर्ट अर्थात् कलात्मक महाकाव्य रामायणको अध्ययन राम्ररी गरेर संस्कृत भाषा सञ्चरणको उपल्लो तलामा उक्लेपछि र आधुनिक विराट् विश्वका सर्वपाटाको चञ्चु नै किन नहोस् बुझाई दिलदिमागमा भरिएपछि एउटा स्रष्टत्वको जीवन्त सिर्जनाका लागि खड्किने वस्तु कुनै पनि हुँदैन । विषय विविधताका सन्दर्भमा, आलङ्कारिक चमत्कारका सन्दर्भमा र अन्तरसाङ्गीतिक चेतनाका सन्दर्भमा समेत कवि धनाढ्य बन्छ । उसका जीवनबोधका कुनै पनि पाटा र पटाङ्गिनी बाँकी रहन्नन् । यी सबै सन्दर्भ–तितिक्षा महाकाव्यमा साङ्केतिक हुनपुगेका छन् ।
अझ प्रमुख कुराहरू प्रतिभा पौडेलमा के कति छन् भौतिक गहिराइमा म परिचित छैन । लक्ष्यप्रतिको प्रतिबद्धता स्रष्टाको सर्वस्व हो । म कवि हुँ, कविता म हुँ । यस इतरका घरपरिवार, धनसम्पति, नाता कुटुम्ब, मायामोहका हल्का चक्कर र राजनीति-धर्मका सङ्कीर्ण सीमामुक्त मन, वचन र कर्मसमेतले हुनु एउटा असल स्रष्टाका लागि लक्ष्यप्रतिको प्रतिबद्धता हो । लेखनका सन्दर्भमा तितिक्षा महाकाव्यभित्र यस्ता सङ्केत प्रशस्त पाइन्छन् तर उनी अक्षरमा मात्र हो वा व्यवहारमा पनि थाहा छैन मलाई । नभए हुने प्रतिज्ञामा अगाडि बढून् ।
ससङ्कल्पित यात्रा छ/छैन । उनको लेखन इतिहास हेर्दा तितिक्षा महाकाव्य त्यत्तिकै आएको छैन क्रमिकता देखिन्छ । झुल्के घाम र तृष्णा, सन्धान जस्ता एकल पद्य कवितासङ्ग्रह, अन्य केही सामूहिक कविता सङ्ग्रहमा आफ्नो उपस्थिति हुनु सम्भवतः यही सङ्कल्पको सङ्केत हो । फुटकर कविता सङ्ग्रहहरू हुँदै र ‘गङ्गा’ खण्डकाव्यमा हेलिँदै महाकाव्य लेखनको महासागरीय उताल तरङ्गमा हेलिनु उनको सङ्कल्पित यात्राकै द्योतनका रूपमा देखिन्छ । त्यत्तिकै रहरले यस उचाइका महाकाव्य लेखन सम्भव छैनन् ।
तेस्रो तर अझ महत्त्वपूर्ण स्रष्टत्व पहिचान हो चौडा निरन्तरता । धेरै कविहरू उदाउनकै निमित्त उदाउने छन् । केही कविहरू कवित्व चेतनाको समाप्तिसँगै लामो समय बाँचेर मर्ने छन् । पहिलो रहरमात्र हो भने दोस्रो चाहिँ चौडा अध्ययन र लेखनको अभावले हो । देशको गीत गाएर सीमामा बाँधिनु ऊर्जाशीलको कमजोरी/परम्परा, संस्कृति र संस्कारका झारका थुप्राभित्र आफूलाई होम्नु र त्यहीँ घुमाइरहनु यिनै विकृतिका उपज हुन् । कारण सच्चा साहित्यकारको कुनै देश हुँदैन, जात हुँदैन, धर्म हुँदैन, परम्परा हुँदैन । विराट् विश्वमानवता नै उसको जात, धर्म, परम्परा र देश अनि भेष हो । स्वार्थका दुनाका सोख हुनेले मात्र यी र व्यक्ति विशेषका सेरोफेरोमा सिर्जना गर्छ र चाँडै भावनाको अन्त्य पनि गर्दछ ।
प्रतिभा कति फराक छिन् आउने दिनका सिर्जनात्मक निरन्तरता र महाकाव्यिक लेखन निरन्तरतामा भर पर्दछ । भविष्यले बताउने कुरा हो यो । महाभारत जसलाई विषयवस्तुमा, पात्रपात्रा चयनमा तितिक्षा महाकाव्यकी महाकाव्यकार प्रतिभा पौडेलले रुचि राखेकी छिन्, छनोट गरेकी छिन् । महाभारतको उठान बिन्दु नै जीवनको जटिल पक्षबाट सुरु भएको छ । सान्तनु, गङ्गा, भीष्मपितामह, मत्स्यगन्धाका गर्भमा सिङ्गो महाभारतको जग खडा भएको छ ।
प्रतिभा कति फराक छिन् आउने दिनका सिर्जनात्मक निरन्तरता र महाकाव्यिक लेखन निरन्तरतामा भर पर्दछ । भविष्यले बताउने कुरा हो यो । महाभारत जसलाई विषयवस्तुमा, पात्रपात्रा चयनमा तितिक्षा महाकाव्यकी महाकाव्यकार प्रतिभा पौडेलले रुचि राखेकी छिन्, छनोट गरेकी छिन् । महाभारतको उठान बिन्दु नै जीवनको जटिल पक्षबाट सुरु भएको छ । सान्तनु, गङ्गा, भीष्मपितामह, मत्स्यगन्धाका गर्भमा सिङ्गो महाभारतको जग खडा भएको छ । पिताको यौनाशय पूरा गर्न मत्स्यपिताले राखेको सर्तअनुसार जीवनभर अविवाहित रहने प्रतिज्ञासँगै भीष्मको एउटा पाटो समाप्त हुन्छ ।
मत्स्यगन्धाका कुरूप दुई पुत्र-चित्राङ्गद र विचित्रवीर्यलाई विवाह गर्न परेको मुस्किल र यसलाई फुकाउन तीन राजकुमारी अम्बा, अम्बिका, अम्बालिकालाई गर्नुपरेको अपहरण प्रसङ्ग नै शिखण्डीको जन्म अम्बाबाट हुनपुग्यो । सन्तानोत्पत्तिका लागि व्यासले बुहारी यौनसंसर्गबाट जन्माएका दुवीपीडित पाण्डु, डरका मारले सम्भोगका क्षणमा आँखा चिम्लिँदा जन्मिएका धुर्त धृतराष्ट्र, समागमको चरमानन्दमा पुगेर दासीको उच्च उल्लासमय उपल्लो बिन्दु बिहानको गर्भबाट जन्मिएका सर्वविषयविज्ञ विदुरका बीचको टक्कर नै महाभमारत विकासबिन्दुको पाटो हो ।
पाण्डुपत्नी कुन्तीका पाँच वरदान परीक्षणका लहडी क्रममा सूर्यपुत्रसम्म बनेका तर कर्मले माता बन्न नसकेकी कुन्तीपुत्र कर्णले सुतपुत्र ठहरिएर अपमानित हुनुपरेका बेला भावी स्वार्थसिद्धिका लागि कर्णलाई अङ्ग देशको राजा दुर्योधनले बनाउनु, कृक्ष्ण र कुन्तीले वास्तविकता बुझाउँदा नैतिक कृतज्ञताका पक्षमा एकछत्त कर्ण उभिएकाप्रति कृतिकार प्रतिभा पौडेलले निकै सर्ग खर्चिनु पनि सम्भवतः स्रष्टत्वको महाकाव्यिक कञ्चन पक्ष हो । कृष्ण र कर्णकाबीचको संवाद रोचक ढङ्गले प्रस्तुत गर्ने गहिरो लक्ष्यनिहित रहनु पनि यही वैचारिक स्वच्छताको उदाहरण बनेर देखा परेको पाउन सजिलै सकिन्छ । यस महाकाव्यमा नैतिक उचाइ उक्लेका महाभारतका सम्पूर्ण पात्रहरूप्रति प्रतिभाको विशेष रुचि चित्रणमा जाग्नु पनि यसकै उदाहरण बनेको देखिन्छ कृतिगत हिसाबले हेर्दा ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी