धादिङ । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी किनारको सडकको तल्लो भाग कटान गरेपछि १४ दिनदेखि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ सडक निर्माणको काम तीव्र पारिएको छ ।
काठमाडौँ जोड्ने प्रमुख ‘लाइफलाइन’ मानिने राजमार्गको कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीले सडकको बेस नै कटान गरेपछि करिब एक सय मिटर सडक भासिएको थियो । सडक भासिएको स्थानभन्दा माथिबाट नयाँ ट्रयाक खोल्ने काम भइरहेको छ ।
पहाड काटेर करिब २५० मिटर लामो ट्रयाक दुवैतर्फ जोड्ने काम सम्पन्न भइसकेको छ । अब ग्राभेल तथा रोलिङको काम आइतबारदेखि सुरु गरी तीनदेखि चार दिनभित्रै सम्पन्न गरेर भदौ मसान्तसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीले बताउनुभयो ।
“ग्राभेल गर्न काटेकोजस्तो सजिलो हुँदैन । रोलिङ गरेर मिलाउनुपर्छ । लेयर–लेयरमा गर्नुपर्छ । एउटै लेयरमा गर्न सकिँदैन,” उहाँले भन्नुभयो, “त्यसकारण तीन–चार दिन लाग्न सक्छ । यो महिनाको अन्त्यबाट यातायात सञ्चालन गर्ने लक्ष्य छ ।”
त्रिशूली नदीले सडकको बेस नै कटान गरेर सडक भासिएकाले नयाँ ट्रयाक खोल्नुपरेको उहाँले बताउनुभयो । नयाँ खोलिएको ट्रयाकले सवारी आवागमनमा समस्या नहुने उहाँको विश्वास छ ।
“कृष्णभीरमा पहिले बायो इन्जिनियरिङको प्रयोग गरेर कङ्क्रिट र बिरुवालाई मिलाएर पहिरो रोकथाम गरिएको थियो । त्यो दीर्घकालीन रह्यो,” अधिकारीले भन्नुभयो, “अहिले हामीले नसोचेको बाढी आएर सडकको तलपट्टिको भाग काटिँदा माथि पनि भासियो । अहिले माथिपट्टिबाट सडक निर्माण गरेका छौँ । त्यति धेरै डिस्टर्ब नहोला भन्ने आशा राखौँ ।”
कृष्णभीरमा सडक अवरुद्ध भएपछि अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको छ । यसका कारण काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्तिमा समेत समस्या देखिएको छ ।
हेटौँडा हुँदै काठमाडौँ आउने सडकमा सवारीको चाप बढेकाले आवतजावतमा थप कठिनाइ भएको छ । कृष्णभीरमा सडक अवरुद्ध हुँदा काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की तथा पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन् ।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी