कर्णाली । मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बरिपाटीका ५५ वर्षीय आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सडकपेटीमा हिँडिरहेका बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो । त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकामा निजको उपचारका मृत्यु भएको हो । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ ।






क्यासिनोमा नेपाली प्रवेश गराई जुवा
पहिरोको जोखिम मोलेर बजारसम्म कृषि
बाढीपछि रसुवामा हैजाविरुद्ध २१ हजार
कृष्णभीरमा खोलिएको ‘ट्रयाक’ लाई फराकिलो
खेतमा पानी तान्ने क्रममा करेन्ट
वर्षासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम