काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाकाअनुसार प्रधानसेनापति सिग्देल भदौ २८ देखि असोज ३ गतेसम्म चीन भ्रमणमा रहनु हुनेछ ।
भ्रमणका क्रममा उहाँले चीनको राजधानी बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ स्याङसन फोरममा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।
प्रधानसेनापति सिग्देललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजंग केसीले बिदाइ गर्नुभएको थियो ।
चीन भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले फोरममा सहभागी विभिन्न देशका सैन्य अधिकारी तथा प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।







भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा