काठमाडौं । इन्द्रजात्रा सुरु भएको संकेतका रूपमा योःसी ठड्याइएको भोलिपल्ट वसन्तपुर दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ ।
इन्द्रजात्राको लिङ्गो ठड्याएपछि कुमारी पूजा गर्ने परम्पराअनुसार तलेजु भवानी मन्दिर अगाडि सामूहिक पूजा आयोजना गरिएको हो ।
पूजामा महिनावारी सुरु नभएका बालिकाहरूलाई सहभागी गराइएको थियो । उनीहरूलाई वैदिक परम्पराअनुसार कुमारीका रूपमा पूजा गरिएको हो ।
इन्द्रजात्राका अवसरमा वसन्तपुर क्षेत्रमा विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि आयोजना हुँदै आएका छन् । कुमारी पूजा पनि इन्द्रजात्रासँग जोडिएको महत्वपूर्ण परम्पराका रूपमा मानिन्छ ।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल