काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई थप द्वन्द्व र विद्रोहतर्फ धकेल्नुको साटो सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।
लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको उल्लेख गर्दै उहाँले अब राजादेखि सबै राजनीतिक शक्तिलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभएको हो।
आइतबार काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशले १० वर्षे द्वन्द्वपछि गत वर्ष भदौ २३ र २४ गतेको विद्रोह तथा त्यसबाट भएको ठूलो क्षतिसमेत व्यहोरिसकेको उल्लेख गर्दै अब थप द्वन्द्व र विद्रोह धान्न सक्ने अवस्थामा नरहेको बताउनुभयो।
उहाँले कुनै समय राजाले राजनीतिक दललाई र कुनै समय राजनीतिक दलहरूले राजालाई निषेध गरेको उल्लेख गर्दै निषेधको राजनीतिले मुलुकलाई कहाँ पुर्यायो भन्ने कुरा सबैले बुझिसकेको बताउनुभयो।
“देशले १० वर्षे द्वन्द्व व्यहो¥यो, त्यसपछि भदौ २३÷२४ गतेको जुन विद्रोह र नोक्सानी व्यहो¥यो। अब देशले थप द्वन्द्व र विद्रोह व्यहोर्न सक्दैन,” उहाँले भन्नुभयो, “अब देशले कुनै पनि प्रकारको निषेधको राजनीति व्यहोर्न सक्दैन। त्यसकारण निषेधको राजनीति छोडेर सबै राजनीतिक शक्तिदेखि राजासम्मको बीचमा राष्ट्रिय सहमति निर्माण गरेर देशलाई निकास दिने बेला आएको छ।”
अध्यक्ष लिङदेनले राष्ट्रिय सहमतिमार्फत देशमा शान्ति र स्थिरता कायम गर्दै आगामी पाँचदेखि १० वर्षभित्र नेपाललाई विकसित मुलुकको दाँजोमा पुर्याउने अभियानमा सबै राजनीतिक दल र शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभयो।
राष्ट्रिय एकता र सहमतिको पक्षमा आफूहरूले निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उहाँले त्यसलाई विश्वसनीय बनाउन राप्रपा आफैँ बलियो र एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो।
पार्टी कमजोर र विभाजित भएमा अन्य राजनीतिक शक्ति तथा जनताले राप्रपामाथि विश्वास नगर्ने उहाँको भनाइ छ।
“हामी निरन्तर रूपमा राष्ट्रिय सहमतिको पक्षमा छौँ र राष्ट्रिय सहमतिको कुरा गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “अब हामीलाई पर्खिने र फेरि पनि विभाजित हुने सुविधा र छुट छैन।”
अध्यक्ष लिङदेनले पार्टीभित्र भएका कमी–कमजोरी सच्याएर आफूबाटै सुधारको सुरुवात गर्नुपर्ने बताउनुभयो। नेतृत्वदेखि तल्लो तहसम्मका सबै नेता–कार्यकर्ता सच्चिएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
उहाँले संगठन निर्माणका क्रममा विगतमा अपनाइएका रणनीति र कार्यशैलीमा भएका कमजोरीको समीक्षा गर्दै पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
“हामीले कहाँ–कहाँ कमी–कमजोरी भयो, त्यसलाई सच्याएर, आफू समेत सच्चिएर, मदेखि तलसम्मका सबै साथीहरू सच्चिएर अब नयाँ ढङ्गले जानुपर्छ,” उहाँले भन्नुभयो।
आगामी महाधिवेशनमार्फत राप्रपा सुध्रिएको र बदलिएको सन्देश आम जनतामाझ पुर्याउनुपर्ने उहाँले बताउनुभयो।
“हामीले यो महाधिवेशनको बाटोबाट राष्ट्रिय प्रजातन्त्र पार्टी सुध्रियो र बदलियो भन्ने सन्देश आम जनतालाई दिनुपर्छ,” अध्यक्ष लिङदेनले भन्नुभयो।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई