धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
सडकको ग्रेड मिलाउने काम तीव्र पारिएसँगै केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था तथा भारवहन क्षमता परीक्षण गर्ने तयारी गरिएको हो । अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कृष्णभीरमा स्थलगत निरीक्षण गरिरहेको छ ।
सडक खुलाउन विभिन्न निकाय तथा संयन्त्र परिचालन गरी काम भइरहेको छ । दुईवटा बुलडोजर प्रयोग गरेर सडक सम्याउने र आवागमनका लागि आवश्यक प्लेटफर्म तयार पार्ने काम भइरहेको छ । सडकको ग्राभेलिङ तथा कम्प्याक्सनको काम भने बाँकी छ ।
तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक तयार पार्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । मौसमले साथ दिए आजै ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई आंशिक रूपमा सञ्चालन गर्न सकिने बताइएको छ ।
त्यसअघि खाली ग्यास बुलेट गुडाएर सडकको भारवहन क्षमता तथा आवागमनको अवस्था परीक्षण गरिनेछ । सडकको सतह सम्याइएको भए पनि पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ र कम्प्याक्सनलगायतका काम पूरा गर्नुपर्ने अवस्था रहेको छ ।
गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । सडक खुलाउन अहिले दुईवटा बुलडोजरले निरन्तर काम गरिरहेका छन् ।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल