काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ ।
काठमाडौँमा बढ्दो पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको हो ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै एनएसी भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माण गर्न सकिए विशेषगरी काठमाडौँको कोर क्षेत्रमा रहेको पार्किङ समस्या समाधानमा महत्वपूर्ण सहयोग पुग्ने महानगरको विश्वास छ ।
“पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन । हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो,” उहाँले भन्नुभयो ।
डंगोलले काठमाडौँभरको पार्किङ समस्या र यसको व्यवस्थापनबारे महानगरले विज्ञमार्फत अध्ययन गरिरहेको जानकारी दिनुभयो । अध्ययन प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उहाँले बताउनुभयो ।
उहाँले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गर्दै पार्किङ व्यवस्थापनलाई व्यवस्थित र प्रणालीगत बनाउनुपर्नेमा जोड दिनुभयो । बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनका आधारमा थप प्रभावकारी योजना अघि बढाउने उहाँको भनाइ छ ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई