काठमाडौं । आयोजक ज्ञानोदय बालवाटिका र रातो बंगला स्कुलले ३२औँ स.बल ज्ञान कार्निभलमा दोहोरो उपाधि जितेका छन् । ज्ञानोदयले बास्केटबलको ब्वाइज र गर्ल्स दुवैतर्फ तथा रातो बंगला फुटबलको ब्वाइज र गर्ल्स दुवैतर्फ च्याम्पियन बनेका हुन् ।
बुङमतिस्थित घरेलु कोर्टमा भएको ब्वाइज बास्केटबलको फाइनलमा ज्ञानोदयले लिटिल एञ्जल्स (एलए) लाई ५६-४४ अंकले पराजित गर्यो । ज्ञानोदयको जितमा साइमन क्षेत्रीले २१ अंकको योगदान गर्नुभयो ।
गर्ल्सतर्फको उपाधि भिडन्तमा ज्ञानोदयले मल्पी इन्टरनेसनल स्कुललाई १६-१५ को साँघुरो अन्तरले हरायो । ज्ञानोदयकी सुवेक्षा बज्राचार्यले ११ अंक जोड्नुभयो । फाइनलका सर्वाधिक स्कोरकर्ता साइमन क्षेत्री र सुवेक्षा बज्राचार्य ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित हुनुभयो ।
फुटबलको ब्वाइज फाइनलमा रातो बंगला स्कुलले आयोजक ज्ञानोदयलाई तीन-दुई गोलले पराजित गर्दै उपाधि हात पार्यो । रातो बंगलाका सिद्धान्त राईले दुई गोल गर्नुभयो भने अर्को गोल आत्मघाती भएको थियो । ज्ञानोदयका प्रकाश थापाले दुई गोल फर्काउनुभयो ।
गर्ल्स फुटबलको फाइनलमा भने रातो बंगला एभिएमलाई दुई-शून्य गोलले पराजित गर्दै च्याम्पियन बन्यो । रातो बंगलाका श्रीयुक्ति शाह र प्रशंसा कंसाकारले एक-एक गोल गर्नुभयो । प्रतियोगिताको फुटबलतर्फ रातो बंगलाका सिद्धान्त राई र श्रीयुक्ति शाह उत्कृष्ट खेलाडी घोषित हुनुभयो ।
विजेता खेलाडी तथा टोलीलाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, सिनियर भाइस प्रिन्सिपल भानु ए, स.बल फाउण्डेसनका अध्यक्ष सतिश जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो ।







१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :
हरितालिका पर्व : पशुपति क्षेत्रमा
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
एक सय ८४ हप्तादेखि निरन्तर
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित