काठमाडौं । नेपाल स्कुल फुटबल लिग (एनएसएफएल)को उपाधि एलए ड्र्यागन्सले जितेको छ । थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको आयोजनामा शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा आरबिएस रेड पाण्डालाई दुई-शून्य गोल अन्तरले पराजित गर्दै एलए ड्र्यागन्स च्याम्पियन बनेको हो ।
प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेको एलए ड्र्यागन्सले निर्णायक खेलमा समेत आफ्नो लयलाई निरन्तरता दिँदै उपाधि हात पारेको हो । फाइनलमा एलए ड्र्यागन्सले आरबिएस रेड पाण्डामाथि सुरुदेखि नै दबाब कायम राखेको थियो ।
उपाधिसँगै एलए ड्र्यागन्स प्रतियोगिताको उत्कृष्ट टोलीका रूपमा स्थापित भएको छ भने आरबिएस रेड पाण्डा उपविजेतामा सीमित भयो । कुल आठ टोलीको सहभागिता रहेको एनएसएफएलका खेलहरू सुरुदेखि नै प्रतिस्पर्धात्मक बनेका थिए ।
लिग चरणदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएको एलए ड्र्यागन्सले निर्णायक चरणमा समेत आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै फाइनलसम्मको यात्रा तय गरेको थियो । अन्ततः फाइनलमा दुई गोलको जित निकाल्दै एलए ड्र्यागन्सले एनएसएफएलको पहिलो उपाधि आफ्नो नाममा गर्न सफल भयो ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक