इटहरी । इटहरीमा सम्पन्न ‘द ह्विल्स अफ होप-ह्विलचेयर रन २.०’ प्रतियोगितामा झापाका प्रज्वल योंगहाङ प्रथम हुनुभएको छ । इटहरी जेसिजको आयोजनामा जेसिज सप्ताह-२०२६ अन्तर्गत आइतबार आयोजित प्रतियोगितामा मोरङका सञ्जीव लिम्बू दोस्रो र संखुवासभाका सुजन थापा तेस्रो हुनुभयो ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीले क्रमशः आठ, छ र चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । अपांगता भएका व्यक्तिहरूको क्षमता र आत्मविश्वास अभिवृद्धि गर्दै उनीहरूको सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिताले अपांगता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा सक्रिय रूपमा सहभागी गराउँदै समावेशी समाज निर्माणको सन्देशसमेत दिएको आयोजकको भनाइ छ ।







परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन