लण्डन । इंग्ल्याण्डका कप्तान जो रुट टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा बढी अर्धशतक प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाउन सफल हुनुभएको छ । एजबेस्टनमा सम्पन्न पाकिस्तानविरुद्धको तेस्रो टेस्ट म्याचमा ६९औँ अर्धशतक प्रहार गर्दै रुटले भारतका महान् ब्याट्सम्यान सचिन तेन्दुलकरको कीर्तिमान भंग गर्नुभएको हो ।
यसअघि सचिनले टेस्ट क्रिकेटमा ६८ वटा अर्धशतक बनाउनुभएको पथियो । यसै खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ८ विकेटले पराजित गर्दै तीन खेलको टेस्ट शृृंखलामा क्लिनस्विप गर्यो ।
चौथो तथा अन्तिम इनिङ्समा जितका लागि १३० रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्याण्डको सुरुवात भने निकै खराब रह्यो । पाकिस्तानी तीव्र गतिका ब्याट्सम्यान तथा बलर मोहम्मद अब्बासले पहिलो ओभरमै दुवै ओपनरलाई आउट गर्दै इंग्ल्याण्डलाई सुरुवाती झट्का दिनुभयो । तर, त्यसपछि कप्तान जो रुट र जोर्डन कोक्सले सम्हालिएको ब्याटिङ गर्दै तेस्रो विकेटका लागि अविश्वसनीय रूपमा १२८ रनको साझेदारी गर्दै टिमलाई सहज जित दिलाउनुभयो । एजेन्सी







चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी