लण्डन । प्रिमियर लिगमा ठूला टोलीहरू चेल्सी र लिभरपुलले बराबरीमा चित्त बुझाउँदा ला लिगामा भने रियल मड्रिडले सानदार जित निकाल्दै आफ्नो बर्चस्व कायम राखेको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा हल सिटीले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई २-२ गोलको बराबरीमा रोकेको हो । खेलको सातौं मिनेटमै मोर्गन रोजर्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाउनुभएको थियो ।
तर, पछाडि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै हल सिटीका मोहम्मद बेल्लोउमीले २८औँ र ३४औँ मिनेटमा लगातार दुई गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाउनुभयो । दोस्रो हाफमा दबाब बढाएको चेल्सीका लागि ६६औँ मिनेटमा कोल पाल्मरको पासमा जोआओ पेड्रोले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याउनुभयो ।
त्यसपछि दुवैतर्फबाट थप गोल हुन नसक्दा अंक बाँड्न बाध्य भए । यो नतिजासँगै चार खेलबाट आठ अंक जोडेको हल सिटी तेस्रो स्थानमा उक्लिएको छ भने समान खेलबाट सात अंक भएको चेल्सी चौथो स्थानमा झरेको छ ।
लिभरपुलले भने प्रिमियर लिगको चौथो चरणमा फुलह्यामसँग घरेलु मैदान एनफिल्डमा निराशाजनक गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । खेलको सुरुवातमै फुलह्यामले अग्रता लिने सुवर्ण अवसर पाए पनि लिभरपुलका गोलरक्षक एलिसन र डिफेन्डरको उत्कृष्ट बचाउका कारण टिम संकटबाट बचेको थियो । दोस्रो हाफमा डोमिनिक सोबोस्लाई र इन्जुरी समयमा अलेक्जान्डर इसाकले गोलको प्रयास गरे पनि बल जाली चुमाउन असफल हुनुभयो । चार खेलबाट ६ अंक जोडेको लिभरपुल छैटौं स्थानमा छ भने एक अंकमात्र जोडेको फुलह्याम १७औँ स्थानमा छ ।
प्रिमियर लिगकै अर्को खेलमा खराब लयमा रहेको एस्टन भिल्लालाई नटिंघम फरेस्टले उसैको मैदान भिल्ला पार्कमा २-१ ले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमै लियाम डेलापले गोल गर्दै फरेस्टलाई अग्रता दिलाउनुभयो । ७४औँ मिनेटमा भिल्लाका एलिसनले बराबरी गोल फर्काए पनि खेल सकिन दुई मिनेट बाँकी रहँदा इगोर जेससले निर्णायक गोल गर्दै फरेस्टलाई यस सिजनको पहिलो जित दिलाउनुभयो । यो हारसँगै दबाबमा परेको भिल्ला १ अंकसहित १९औँ स्थानमा छ भने फरेस्ट पाँच अंकसहित ११औँ स्थानमा पुगेको छ ।
यता, स्पेनिस ला लिगामा भने रियल मड्रिडले सानदार प्रदर्शन गर्दै रायो भायेकानोलाई ४-१ गोलले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा स्टार स्ट्राइकर किलियन एमबाप्पेले दुई गोल गर्दै टोलीको जित पक्का गर्नुभयो । खेलको १४औँ मिनेटमा पेनाल्टीमार्फत् पहिलो गोल गर्नुभएको थियो । त्यसको तीन मिनेटपछि नै कारेरासले र ३४औँ मिनेटमा जुड बेलिंघमले गोल गर्दै रियललाई पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुर्याउनुभयो ।
दोस्रो हाफको ५१औँ मिनेटमा रायोका सर्जियो कामेलोले एक गोल फर्काए पनि इन्जुरी समयको पहिलो मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियलको ४-१ को फराकिलो जित सुनिश्चित गर्नुभयो । जितसँगै रियलले ला लिगामा १२ अंक जोड्दै शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ ।
शनिबारकै अन्य ला लिगा खेलहरूमा इस्पानियोलले ओसासुनालाई २-० ले हरायो भने रेसिङ सान्टान्डरले अलाभेसलाई २-१ ले पन्छायो । त्यस्तै, एथलेटिक क्लब र एल्चेबीचको खेल १-१ गोलको बराबरीमा टुंगिएको छ । एजेन्सी






न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक