काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) को उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई तीन-शून्यको सोझो सेटमा पराजित गर्दै एनभिएलको पहिलो च्याम्पियन बन्न सफल भएको हो ।
अन्नपूर्णले फाइनलमा सुरुदेखि नै कर्णालीमाथि दबाब कायम राखेको थियो । उसले पहिलो सेट २५-१५ ले सहजै आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा पनि अन्नपूर्णले आफ्नो लय कायम राख्दै कर्णालीलाई २५-२० ले पछि पार्यो ।
तेस्रो सेटमा पनि अन्नपूर्णले प्रभावशाली प्रदर्शन गर्दै २५-१८ को जित निकाल्यो । तीनवटै सेटमा स्पष्ट जित हात पारेपछि अन्नपूर्णले नेपाली पुरुष भलिबलको व्यावसायिक लिगको पहिलो संस्करणको उपाधि आफ्नो नाममा लेखाएको हो । उपाधिसँगै अन्नपूर्णले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ ।
पहिलो संस्करणमा च्याम्पियन अन्नपूर्ण स्पाइकर किंग्सका उरानबयार मुनखबयार सर्वोत्कृष्ट खेलाडी (एमभिपी) घोषित हुनुभयो । उरानबयारले एमभिपीसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताका उत्कृष्ट सातै व्यक्तिगत विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाए । अन्नपूर्णकै तुर्मान्डाख गान्खुयाग उत्कृष्ट सर्भर र उत्कृष्ट सेटर घोषित हुनुभयो ।
उत्कृष्ट अपोजिट हिटरको अवार्ड पनि अन्नपूर्णका इंख एर्डेनले जित्नुभयो । कर्णाली शिवराजका विनोद चन्द उत्कृष्ट लिबेरो, मधेस वारियर्सका रविन नगरकोटी उत्कृष्ट मिडल ब्लकर तथा काठमाडौं रेड्सका अहमद मुस्तफा उत्कृष्ट आउटसाइड हिटर घोषित हुनुभयो ।
नेपालमा पुरुष भलिबलको व्यावसायिक लिग पहिलोपटक आयोजना गरिएको हो । केडिया ग्रुपको आयोजनामा भएको पहिलो संस्करणको एनभिएलमा ६ टोलीले सहभागिता जनाएका थिए ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी