काठमाडौं । उसुका पूर्व खेलाडीहरूले २०औँ एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरूप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् । एसियाडमा सहभागी हुने उसु टोलीको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीले कुनै पनि पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको नेपाल उसु महासंघका उप-महासचिव राजीव महर्जनले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रिन्ट एक्सप्रेस र म नेपाली ब्राण्डका सञ्चालक अजय महर्जनले खेलाडी तथा प्रशिक्षलाई टिसर्ट प्रदान गर्नुभएको थियो । सो अवसरमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनलगायतले खेलाडीलाई सफलताका लागि शुभकामना दिनुभएको थियो ।
जापानको आइची/नागोयमा असोज ३ देखि १८ गतेसम्म हुने एसियाडमा नेपालबाट उसुमा थाउलो र सान्सौंमा गरी १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट आठ पुरुष र दुई महिला खेलाडी सहभागी हुँदैछन् । थाउलोमा ६ र सान्सौंमा चार खेलाडीले चुनौती पेश गर्नेछन् ।
थाउलोमा विजय सिञ्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राईले खेल्नुहुनेछ । सान्सौंमा रोहित चुनारा, अमर सुनार, सञ्जीव महर्जन र रिता ठकुल्ला सहभागी हुँदै हुनुहुन्छ । थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौं प्रशिक्षकमा तुल्सीनन्द बज्राचार्य हुनुहुन्छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन