काठमाडौं । राजधानीको महाराजगञ्जस्थित निशान पोली क्लिनिक प्रालिले बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी उद्धार कोषमा चार लाख रुपैयाँ उपलब्ध गराएको छ । निशान पोली क्लिनिकमा कार्यरत चिकित्सक, कर्मचारी तथा व्यवस्थापनतर्फबाट संकलित सहयोग रकम कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।
पोली क्लिनिकमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मनबहादुर केसी, वरिष्ठ चर्म रोग विशेषज्ञ डा. अनिलकुमार दासलगायतको विशेष व्यक्तिगत सहयोगमा कोषमा उक्त रकम जम्मा गरिएको पोली क्लिनिकले जनाएको छ । पोली क्लिनिकले तीज पर्वका अवसरमा क्लिनिकमा कार्यरत कर्मचारीका लागि उपहारसहितको तीज विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेको थियो तर महाविनाशकारी बाढीले ठूलो मानवीय एवं भौतिक क्षति गरेपश्चात् उक्त कार्यक्रम रद्द गरी बाढी प्रभावितलाई आर्थिक सहयोग उपलब्ध गराइएको जनाएको छ ।
रामेछापका राजनहरि दाहालले २०५१ सालमा स्थापना गर्नुभएको निशान फर्मालाई विशेषज्ञ चिकित्सकहरूको सेवा तथा अत्याधुनिक ल्याबसहित २०६८ मा निशान पोली क्लिनिकमा रूपान्तरण गरिएको हो ।







आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा
दाङमा आठ नाल भरुवा बन्दुक