काठमाडौं । आइसिएफसी फाइनान्सले विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको जनाएको छ ।
साथै कम्पनीले बाढीमा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । विपद्को कठिन समयमा सरकार, सम्बन्धित निकाय, संघसंस्था र आमनागरिकबीच सहकार्य तथा एकता आवश्यक रहेको पनि कम्पनीले उल्लेख गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत आइसिएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र समुदायको साथमा रहँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल