म्याग्दी । मुस्ताङ जाने बेनी–जोमसोम सडकखण्डमा पर्ने रुप्से झरना यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनेको छ । बर्खासँगै उर्लिएको झरनाको मनमोहक दृश्यले सडकमार्ग हुँदै यात्रा गर्ने जोकोहीलाई केहीबेर रोकिन बाध्य बनाउने गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरना अजङ्गको पहाडबाट करिब ७५ मिटर तल खस्छ । बेनी बजारबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको झरना मुस्ताङ सदरमुकाम जोमसोमबाट करिब ५० किलोमिटर टाढा पर्छ ।
मुस्ताङ जाने यात्रु तथा पर्यटकहरू हतारमा भए पनि झरनाको दृश्य अवलोकन गर्न केहीबेर रोकिने र मोबाइलमा तस्बिर तथा भिडियो कैद गर्ने गर्छन् । बाह्रै महिना आकर्षक देखिने रुप्से झरना हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्न मुस्ताङ पुग्ने पर्यटकका लागि आकर्षणको प्रमुख गन्तव्य बनेको छ ।
पछिल्लो समय रुप्से झरनामा भारतीय पर्यटकको समेत चहलपहल बढेको छ । गर्मी छल्न हिमाली क्षेत्रतर्फ पुगेका भारतीय पर्यटक झरनामा पुगेर स्नान गर्ने तथा रमाउने गरेका छन् ।
झरना नजिकै विश्वकै गहिरो अन्धगल्छीसमेत रहेको छ । यद्यपि, अहिले पहिरोका कारण अन्धगल्छी पुग्ने बाटो अवरुद्ध भएको छ ।
झरना अवलोकन गर्न आउने पर्यटकले सडकमा नै सवारीसाधन रोकेर दृश्य हेर्ने गरेका कारण कतिपय समयमा बेनी–जोमसोम सडकमा आवागमनसमेत प्रभावित हुने गरेको छ ।
बेनी–जोमसोम सडकको अवस्था सुधार हुँदै गएपछि पछिल्लो समय युवायुवतीसहितका पर्यटक रुप्से झरना हेर्न पुग्ने क्रम बढेको छ । यद्यपि, बर्खाका कारण बेनीदेखि रुप्सेसम्मको सडकका दर्जनौँ स्थान बाढी तथा पहिरोका कारण जोखिमपूर्ण बनेका छन् ।
बर्खाको समयमा पानीको बहाव बढ्दा झरना अझ आकर्षक देखिए पनि अहिले उर्लिएको पानीमा पहाडी माटो मिसिएकाले झरनाको पानी धमिलो देखिन्छ ।
















आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल