काठमाडौं । बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ९१ लाख ८४ हजार छ सय ९५ रुपैयाँ सहयोग गरेको छ ।
महासंघले विपद्को समयमा राज्यले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियानमा आफ्नातर्फबाट सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ ।
सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई महासंघका अध्यक्ष सरोज सिटौलासहितका पदाधिकारीले हस्तान्तरण गरेका हुन् ।
विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास महासंघले व्यक्त गरेको छ ।







एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण