काठमाडौं । अष्ट्रेलियन ब्राण्ड आइबिबी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक बिक्रेता शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आइबिबीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
चेक हस्तान्तरण गर्दै आइबिबी नेपालकी प्रबन्ध निर्देशक ब्यूटीकुमारी सर्राफले विपद्को समयमा सहयोगी हात बन्न पाएकोमा गौरव महसुस भएको बताउनुभयो । आइबिबीका उत्पादन खरिद गर्ने आमउपभोक्ता, रिटेलर तथा डिलरहरूको साथ र विश्वासकै कारण तीन दिनमै ५० लाख रुपैयाँ सहयोग गर्न सम्भव भएको उहाँको भनाइ थियो ।
सर्राफले भन्नुभयो, ‘हिजोका दिनमा आइबिबीका उत्पादन किनिदिएर हामीलाई मुनाफा नभएको भए यो रकम डोनेसन गर्ने हिम्मत हुने थिएन । अहिले तपाईँहरूले नकिनिदिनुभएको भए तीन दिनमै ५० लाख जम्मा पनि हुने थिएन ।’ उपभोक्ताले आइबिबीका सामान खरिद गर्दा खर्च गरेको शतप्रतिशत रकमलाई आधार बनाएर ५० लाख रुपैयाँ राहत कोषमा जम्मा गरिएको उहाँले बताउनुभयो ।







जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,
विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः