काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । शाओमीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो ।
सहयोग रकम रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेशकुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको थियो ।
‘नेपालसँगै, नेपालका लागि’ भन्ने भावनासहित शाओमी नेपालले नेपाली समुदायको सुख-दुःखमा साथ दिँदै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यमा निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।







भोटेकोशी बाढीपछि एक हजार ३९९
भक्तपुरमा पनि रात्रिकालीन सार्वजनिक यातायात
रसुवा बाढीपछि मकवानपुरका ६२ जना
मन्त्री नआएपछि शिक्षा समितिको बैठक
खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५