धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
सडकको ग्रेड मिलाउने तथा सम्याउने काम सम्पन्न भएपछि सडकको अवस्था परीक्षण गर्न एकतर्फी रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ ।
तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गर्न मिल्ने गरी सडक खुलाइएको छ । सडकको ग्राभेलिङ तथा कम्प्याक्सनको काम भने अझै बाँकी रहेको छ ।
गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउनेलगायतका काम भइरहेको छ ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला