काठमाडौं । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले एसियन गेम्स खेल्ने भएको छ । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक गरिएको हो । नेपाल ओलम्पिक कमिटीले जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो ।
टोलीमा दीपेन्द्रसँगै रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ । एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ ।
टिम लिडरमा विनोद दास हुनुहुन्छ भने मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर, मुख्य प्रशिक्षक स्टुअर्ट ल, प्रशिक्षक अब्दुर सतार र टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी रहनुभएको छ ।







बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा
हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि