काठमाडौं । नेपालमा निजी क्षेत्रको शिक्षा विस्तार र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएकी लिटिल एञ्जलसको संस्थापिका, शिक्षाविद् विद्या लिम्बुको निधन भएको छ । ७८ वर्षीया लिम्बुको शुक्रबार राति काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँ केही समययता मृगौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो ।
लिम्बुले लामो समय काठमाडौंको ज्ञानोदय स्कुलमा काम गर्नुभएको थियो । त्यसपछि २०३७ सालमा ललितपुरको हात्तीवनस्थित लिटिल एञ्जेल्स् स्कुलमा प्रिन्सिपल तथा संस्थापकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
त्यसयता उहाँले आफ्नो जीवन लिटिल एञ्जेल्स् स्कुलसँगै नेपालको निजी शिक्षा क्षेत्रको विकास र प्रवर्द्धनमा समर्पित गर्नुभयो । निजी विद्यालय शिक्षाको विस्तारमा उहाँको योगदानलाई महत्त्वपूर्ण रूपमा लिइन्छ । शिक्षा क्षेत्रमा सक्रिय लिम्बु समाजसेवामा समेत संलग्न हुनुहुन्थ्यो । उहाँले विभिन्न सामाजिक गतिविधिमार्फत समाजमा योगदान पुर्याउँदै आउनुभएको थियो ।
उहाँको पशुपति आर्यघाटमा आइतबार अन्त्येष्टि गरिएको थियो । त्यसअघि आइतबार बिहान ११ बजे लिटिल एञ्जेल्स स्कुलको प्रांगणमा उहाँको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । लिम्बुको निधनसँगै नेपालको निजी शिक्षा क्षेत्रले एक समर्पित शिक्षाकर्मी तथा अग्रणी व्यक्तित्व गुमाएको छ ।







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी