काठमाडौं । विश्वम्भरा ज्योतिष विज्ञान परिषद्को चौथो साधारणसभा सम्पन्न भएको छ । वाल्मीकि विद्यापीठका प्राचार्य अच्युतप्रसाद लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रमा विशिष्ट अतिथिका रूपमा नेपाल पञ्चांग निर्णयक विकास समितिका अध्यक्ष डा.पुरुषोत्तम भट्टराई, वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य प्राडा.भागवत ढकाल, प्राडा.शान्तिकृष्ण अधिकारीलगायत रहनुभएको थियो ।
उक्त संस्थाले ज्योतिषको विमर्श विषयक एक कार्यक्रम पनि समपन्न गरेको छ । द्रोणराज अधिकारी कुमार गुरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्तमानको ज्योतिष र ज्योतिषीय चिन्तनका बारेमा विमर्श भएको थियो । विशिष्ट अतिथि पञ्चांग निर्णयक विकास समितिका अध्यक्ष डा.भट्टराईले हरेक घटनाको अध्ययन अनुसन्धान ज्योतिषीय ग्रन्थका आधारमा गर्न सकिने बताउनुभयो । यसैगरी ज्योतिष प्रत्यक्ष शास्त्र रहेको शास्त्रीय मर्मअनुसार नै अध्ययन र फलादेश हुनुपर्ने कुरामा प्रमुख अतिथि अच्युत लामिछानेले जोड दिनुभयो ।
ऐतिहासिक घटनालाई केलाएर ज्योतिषको खोज अनुसन्धान गर्नुपर्ने विषयमा सहप्रा.जनक भट्टले विचार राख्नुभयो । ज्योतिषीय भवियष्यवणी स्वयं आफ्नो जीवनमा समेट घटेकाले आफू ज्योतिषप्रति विश्वस्त रहेको कुरा वाल्मीकि विद्यापीठका प्राडा.भागवत ढकालले राख्नुभयो । ज्योतिका सिद्धान्तपक्षको पनि अध्ययन अनुसन्धान हुनेपर्नेमा प्राडा.शान्तिकृष्ण अधिकारीले जोड दिनुभयो । यसैगरी शास्त्रीय सिद्धान्त र पाश्चात्य गणना भिन्न रहेकाले स्वशास्त्रीय गणना र पद्धतिमा नै अभ्यस्त हुनुपर्ने र आजको प्रविधिसँग पनि साक्षात्कार गर्ने सामर्थ्य हरेक ज्योतिषीले राख्न सक्नुपर्ने धारणा डा.नारायणप्रसाद निरौलाले राख्नुभयो ।
परिषद्को चौथो साधारणसभाले दीननाथ पण्डितको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सहअध्यक्षमा कृष्णप्रसाद निरौला, वरिष्ठ उपाध्यक्षमा आनन्दप्रसाद घिमिमिरे, रमा दवाडी उपाध्य डा.जनकराज भट्ट, भवानीशंकर अधिकारी, आर्यावर्त पञ्चांगकार डा.नारायणप्रसाद निरौला, महिला उपाध्यक्षमा लक्ष्मी ढकाल रहनु भएको छ । कोषाध्यक्ष इन्दिरा गौतम हुनुहुन्छ भने महासचिवमा यज्ञकुमार निरौला, सचिव बद्री सुवेदी रहनुभएको छ । केन्द्रीय सदस्यहरू शेषराज निरौला, भरत पराजुलीलगायत २७ जनाको कार्यसमिति गठन भएको हो । कार्यक्रममा संस्थाको गतिविधि एवं कार्य प्रगतिबारे उक्त संस्थाका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद निरौलाले प्रकाश पार्नु भएको थियो ।
उक्त कार्यक्रमा प्रसिद्ध ज्योतिष, त्रिकालदर्शी दैवज्ञ तथा धर्मशास्त्रविद् डा.रुद्रनाथ अधिकारीलाई विश्वम्भरा ज्योतिष विज्ञान परिषद्ले विशेष समारोहबीच सम्मान गरेको छ । ज्योतिष, धर्मशास्त्र, कर्मकाण्ड, संगीत तथा गीतसंगीत लेखनका साथै सामाजिक एवं परोपकारी क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आउनुभएका डा.अधिकारीलाई परिषद्ले सम्मानित सदस्य तथा संस्थाको संरक्षकका रूपमा नियुक्त गरेको जनाएको छ ।
कार्यक्रममा डा.अधिकारीको दीर्घ योगदान, व्यक्तित्व र सामाजिक सेवाको उच्च प्रशंसा गर्दै उहाँको संरक्षकत्वले परिषद्को संस्थागत विकास, देशभर शाखा विस्तार तथा अनाथाश्रम, वृद्धाश्रम र दीनदुःखीको सेवाजस्ता भावी सामाजिक अभियानलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ । उक्त कार्यममा अधिकारीको ‘हे राम जी’ भन्ने भजन संग्रहसमेतको विमोचन गरिएको थियो ।







एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि