नेपालगन्ज । एथर नेपालले विद्युतीय मोबिलिटीको सञ्जाल विस्तार गर्दै नेपालगन्जमा आफ्नो १५औँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ ।
बसपार्क रोड, न्यू रोड–२, नेपालगन्जमा रहेको नयाँ एक्सपेरियन्स सेन्टरमार्फत नेपालगन्ज तथा आसपासका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि तथा अन्य सुविधाको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।
नेपालगन्जमा नयाँ सेन्टर सञ्चालनमा आएसँगै एथरको एक्सपेरियन्स सेन्टर सञ्जाल काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड, वीरगञ्ज, धरान र विराटनगरलगायत प्रमुख सहरमा विस्तार भएको कम्पनीले जनाएको छ ।
नयाँ एक्सपेरियन्स सेन्टरमा एथर ४५० र एथर रिज्टा लगायतका विद्युतीय स्कुटर उपलब्ध हुनेछन् । ग्राहकले स्कुटरको कार्यक्षमता, डिजाइन, प्रविधि र प्रयोगात्मक पक्षबारे जानकारी लिनुका साथै उत्पादन प्रदर्शन तथा परीक्षण सवारीको सुविधा पनि पाउनेछन् ।
एथर ४५० गतिशील र प्रभावकारी सवारी अनुभव चाहने ग्राहकलाई लक्षित गरी डिजाइन गरिएको छ भने एथर रिज्टा दैनिक तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ । रिज्टामा आराम, व्यवहारिकता र स्मार्ट सुविधाको संयोजन रहेको कम्पनीको दाबी छ ।
एथरले आफ्ना विद्युतीय स्कुटरमा प्रविधिमा आधारित विभिन्न सुविधा समावेश गरेको छ । ‘म्याजिक ट्विस्ट’ सुविधामार्फत थ्रोटल घुमाएर गति नियन्त्रण तथा घटाउन सकिने, ‘इन्फिनिट क्रुज’मार्फत लामो दूरीको सवारीलाई सहज बनाउन सकिने तथा आवाजमार्फत स्कुटरसँग अन्तर्क्रिया गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ ।
विद्युतीय सवारीको ब्याट्री, बिक्रीपछिको सेवा तथा दीर्घकालीन स्वामित्वप्रति ग्राहकको विश्वास बढाउन एथरले ‘एथर एस्योरेन्स’लाई पनि प्राथमिकतामा राखेको जनाएको छ । कम्पनीका अनुसार एथरका स्कुटरमा आठ वर्षसम्मको ब्याट्री वारेन्टीको सुविधा उपलब्ध छ ।
कम्पनीले नेपालभर ५० भन्दा बढी द्रुत चार्जिङ केन्द्र तथा १० भन्दा बढी आधिकारिक सेवा केन्द्र सञ्चालनमा रहेको जनाएको छ । एक्सपेरियन्स सेन्टर, सेवा केन्द्र र चार्जिङ पूर्वाधारको विस्तारमार्फत ग्राहकलाई स्कुटर खरिददेखि सम्पूर्ण स्वामित्व यात्रासम्म सेवा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ ।
नेपालगन्जमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनको अवसरमा कम्पनीले विशेष उद्घाटन योजना पनि सार्वजनिक गरेको छ । आगामी ३ असोजसम्म लागू हुने योजनाअन्तर्गत नगद खरिदमा आठ वर्षको विस्तारित ब्याट्री वारेन्टी, किस्ताबन्दी खरिदमा शून्य प्रतिशत ब्याजदरको वित्तीय सुविधा तथा पुरानो सवारी साटफेर गर्दा थप ८ हजार रुपैयाँको मूल्यांकन सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
नयाँ एक्सपेरियन्स सेन्टरमार्फत नेपालगन्जका ग्राहकले एथरका उत्पादन, प्रविधि, परीक्षण सवारी, चार्जिङ तथा बिक्रीपछिको सेवासम्बन्धी जानकारी एकै स्थानबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला