काठमाडौं । नेपालमा निर्मित ‘बिमल ब्राण्ड हार्मोनियम’ले स्वदेशसँगै अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा समेत आफ्नो पहिचान विस्तार गर्दै गएको छ । काठमाडौंको सिनामंगल-९ मा सञ्चालित सोनिया ग्रुप अफ कम्पनीज प्रालिले उत्पादन गर्दै आएको यो हार्मोनियम विभिन्न चर्चित भारतीय तथा नेपाली संगीतकर्मीहरूको रोजाइमा पर्न थालेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गजल गायक उस्ताद गुलाम अली, चर्चित गायिका आशा भोसले, गायक कुमार सानु, सोनु निगम, पद्मश्री उदित नारायण झा, भजन गायक अनुप जलोटा, सुरेश वाडकर, अनुराधा पौडवाल तथा दीपानारायण झालगायत कलाकारहरूले ‘बिमल ब्राण्ड हार्मोनियम’को ध्वनि, बनावट र सुरको शुद्धताको प्रशंसा गर्नुभएको छ ।
कम्पनीले ती कलाकारहरूसँग सम्बन्धित हार्मोनियमका भिडियो तथा तस्वीरहरूलाई नेपाली उत्पादन र शिल्पकलाको अन्तर्राष्ट्रिय परिचय विस्तार गर्ने माध्यमका रूपमा प्रस्तुत गर्दै आएको छ । नेपालमा निर्माण भएका वाद्ययन्त्रले अन्तर्राष्ट्रिय संगीत क्षेत्रमा स्थान बनाउनसक्ने सम्भावनालाई यसले थप बल पुर्याएको कम्पनीको दाबी छ ।
‘बिमल ब्राण्ड हार्मोनियम’को विकास र उत्पादनमा सोनिया ग्रुप अफ कम्पनीजका नेतृत्वकर्ता बिमल साहको भूमिका छ । हार्मोनियमको डिजिटल ट्युनिङमा विशेषज्ञता हासिल गर्नुभएका साहले वर्षौंदेखि हार्मोनियमको सुर मिलान, ध्वनि गुणस्तर र वादनको सहजतामा केन्द्रित भएर काम गर्दै आएको कम्पनीले जनाएको छ ।
विशेषगरी डिजिटल ट्युनिङ प्रविधिको प्रयोगमार्फत प्रत्येक सुरलाई सटिक रूपमा मिलाउने प्रयास गरिएको बताइएको छ । यसबाट हार्मोनियमको ध्वनिको गहिराइ तथा सुरको शुद्धता कायम गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । शास्त्रीयदेखि आधुनिक संगीतसम्मका लागि उपयुक्त हुनेगरी विभिन्न प्रकारका हार्मोनियम निर्माण गर्दै आएको पनि कम्पनीले जनाएको छ ।
काठमाडौंको सिनामंगलबाट सुरु भएको ‘बिमल ब्राण्ड हार्मोनियम’को यात्रा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यतर्फ अघि बढिरहेको छ । विदेशी वाद्ययन्त्रको प्रभाव रहेको नेपाली संगीत बजारमा स्वदेशमै गुणस्तरीय वाद्ययन्त्र उत्पादन गर्ने प्रयासले नेपाली शिल्पकला र प्राविधिक दक्षताको सम्भावनालाई समेत उजागर गरेको छ ।
सोनिया ग्रुप अफ कम्पनीजले ‘बिमल ब्राण्ड हार्मोनियम’लाई व्यावसायिक उत्पादनसँगै नेपाली शिल्पकला, सिर्जनशीलता र आत्मनिर्भरताको प्रतिनिधि ब्राण्डका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ । अन्तर्राष्ट्रियस्तरका संगीतकर्मीहरूसम्म नेपाली उत्पादन पुग्नुले स्वदेशी वाद्ययन्त्र उद्योगको विकासका लागि नयाँ सम्भावना सिर्जना गरेको कम्पनीको विश्वास छ ।







रवि लामिछानेले संसदमा सम्बोधनका लागि
ठुलै परिवर्तन भैसक्याे साथी…
बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको