धनगढी । सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठान, धनगढीको पाँचौं साधारणसभा तथा अधिवेशनले अम्बिकाप्रसाद आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार धनगढीमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा गुणाकर पनेरु, सचिवमा रोशन केसी, सहसचिवमा गोविन्द मुखिया र कोषाध्यक्षमा केशव बलायर चयन हुनुभएको छ ।
सदस्यहरूमा कान्ति गिरी, पार्वती बम, दीपिका शाही, सौगात सुनार, एञ्जल चौधरी र सरस्वती सेठ्ठी चयन हुनुभएको छ । प्रतिष्ठानका अध्यक्ष आवेशकुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार तथा शास्त्रीय संगीत गुरु उस्ताद शिवदत्त पन्त प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रममा चलचित्र निर्माता नवल खड्का, प्रज्ञा परिषद्का कृष्ण सिराडी, प्रतिष्ठानका संस्थापक अध्यक्ष राजकुमार जोशीलगायतको उपस्थिति थियो । नयाँ कार्यसमितिले सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको प्रवर्द्धन तथा कलाकारको हकहितका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।







विपद् व्यवस्थापनमा संसदीय उच्चस्तरीय समिति
विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई