काठमाडौं । चलचित्र ‘बाकस’मा अभिनेता महेश त्रिपाठी शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । त्रिपाठीले आइतबार चलचित्रका निर्मातासँग लिखित समझदारी गर्दै फिल्ममा काम गर्ने सहमति जनाउनुभएको हो । नवीन पन्तको निर्देशनमा बन्न लागेको यस चलचित्रमा यसअघि अभिनेत्री विपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुबन्धित भइसक्नुभएको छ । सुजिता चौलागाईंको लगानी रहने चलचित्रको सह-निर्मातामा छत्रबहादुर खड्का तथा कार्यकारी निर्मातामा धर्मेन्द्र पन्त हुनुहुन्छ ।
चलचित्रका लागि संगीत निर्देशकमा दीपक शर्मा र सनम पुरुष राईले सहकार्य गर्नेहुनुभएको छ । बाँकी कलाकार तथा प्राविधिक टोलीको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको निर्माण पक्षले जनाएको छ ।
निर्देशक नवीन पन्तका अनुसार कलाकार तथा प्राविधिकसँगको छलफल लगभग टुंगिकेको छ । ‘अहिले कलाकार तथा प्राविधिकसँग कुराकानी भइरहेको छ । करिब-करिब कुराकानी मिलिसकेको छ । टुंगो लाग्नमात्र बाँकी छ,’ निर्देशक पन्तले भन्नुभयो ।
पिके इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रले वैदेशिक रोजगारीसँग जोडिएका सामाजिक आयामलाई कथाको केन्द्रमा राख्ने निर्माण पक्षले जनाएको छ । चलचित्रले वैदेशिक रोजगारीका कारण नेपाली समाजमा देखिने सामाजिक तथा पारिवारिक प्रभावलाई कथामार्फत प्रस्तुत गर्ने बताइएको छ ।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल