एजेन्सी । भारतीय टेलिभिजन अभिनेत्री रेहाना पण्डितले आफ्नो जीवनका संघर्षपूर्ण अनुभव र आफूविरुद्ध लगाइएका आरोपबारे खुलेर बोल्नुभएको छ । सिद्धार्थ काननलाई दिएको एक अन्तर्वार्तामा उहाँले व्यक्तिगत जीवनदेखि व्यावसायिक यात्रासम्मका केही नभनिएका पाटाहरू सार्वजनिक गर्नुभएको हो ।
प्रियंका पण्डितका रूपमा परिचित रेहाना अहिले भारतीय टेलिभिजनकी चर्चित अभिनेत्रीमध्ये एक हुनुहुन्छ । उहाँले आफ्नो जीवनमा अनेकौं चुनौतीको सामना गर्नुपरेको बताउनुभएको छ ।
अन्तर्वार्ताका क्रममा रेहानाले आफू गर्भवती भएका बेला पूर्वपतिलाई अर्की महिलासँग आपत्तिजनक सम्बन्धमा रंगेहात पक्राउ गरेको दाबीसमेत गर्नुभएको छ । जीवनमा एकपछि अर्को कठिनाइ आए पनि आफूले हरेक चुनौतीको सामना गर्दै अगाडि बढेको उहाँको भनाइ छ ।
यसैबीच, एक रियालिटी शोका क्रममा प्रतियोगी आजमा फलाहले रेहानालाई लक्षित गर्दै गरेको आपत्तिजनक टिप्पणीबारे पनि उहाँले प्रतिक्रिया दिनुभएको छ । आजमाले काम पाउनका लागि रेहाना कलाकार तथा निर्माताहरूसँग अनुचित सम्बन्ध राख्ने गरेको आरोप लगाउनुभएको थियो ।
आजमाको उक्त टिप्पणीप्रति प्रतिक्रिया दिँदै रेहानाले आफूलाई राम्ररी नचिनेकी व्यक्तिले आधारहीन कुरा गरेको बताउनुभएको छ । आजमाले आफूलाई उत्तेजित पार्न जानाजान त्यस्तो टिप्पणी गरेको हुनसक्ने रेहानाको बुझाइ छ ।
रेहानाले आफूले आजमाको टिप्पणीप्रति तत्काल कुनै प्रतिक्रिया नदिनुको कारण पनि स्पष्ट पार्नुभयो । उहाँका अनुसार आजमाले त्यतिबेला आफ्ना प्रेमी जिशानलाई उत्तेजित बनाउनकै लागि आफूलाई लक्षित गरेर त्यस्ता कुरा भन्नुभएको थियो । आफूबारे गरिएका यस्ता आधारहीन टिप्पणीले आफ्नो जीवन वा करिअरमा कुनै प्रभाव नपार्ने रेहानाले बताउनुभएको छ । जीवनमा आएका विभिन्न चुनौतीका बाबजुद आफू निरन्तर अगाडि बढिरहेको उहाँको भनाइ छ ।







विपद् उद्धारका लागि भक्तपुर प्रशासनले
न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल