काठमाडौं । सन् २०२७ मा अमेरिकामा आयोजना हुने ९९औं एकेडेमी अवार्ड्स (ओस्कार)का लागि नेपालको तर्फबाट चलचित्र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू) सिफारिश भएको छ । अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले आइतबार विज्ञप्ति जारी गर्दै ओस्कारको अन्तर्राष्ट्रिय फिचर फिल्म विधाका लागि ‘एलिफेन्ट्स इन द फग’ छनोट भएको जानकारी दिएको हो ।
ओस्कारका लागि ‘एलिफेन्ट्स इन द फग’ र ‘गौंथली’ले आवेदन दिएका थिए । दुई चलचित्रमध्ये प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण तथा कलात्मक शिल्पलाई मूल्यांकन गर्दै ‘एलिफेन्ट्स इन द फग’लाई छनोट गरिएको समितिले जनाएको छ ।
छनोट समितिको निर्णयसँगै अब ‘एलिफेन्ट्स इन द फग’ले ओस्कारको अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको प्रतिनिधित्व गर्नेछ । यस विधालाई विगतमा ‘वेष्ट फरेन ल्यांगवेज फिल्म’ भनेर चिनिन्थ्यो । नेपालमा भने यो चलचित्र भदौ १९ गतेदेखि प्रदर्शन भइरहेको छ ।
‘एलिफेन्ट्स इन द फग’ले यसअघि विश्व प्रतिष्ठित कान्स फिल्म फेष्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फ दोस्रो ठूलो पुरस्कार जुरी प्राइज जितिसकेको छ । चलचित्रले १९औं एसिया प्यासिफिक स्क्रिन अवार्डमा पनि तीन विधामा मनोनयन प्राप्त गरेको छ । त्यसैगरी फिल्म टोरोन्टो, मेलबर्न, बुसान, ह्याम्बर्ग, न्युजिल्याण्ड र भ्यानकुभरलगायतका अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा समेत छनोट भइसकेको छ । अन्तर्राष्ट्रिय फेष्टिभलमा प्राप्त सफलता र विभिन्न विधामा पाएको चर्चा र मान्यताका कारण ‘एलिफेन्ट्स इन द फग’लाई ओस्कारमा नेपालको बलियो दाबेदारका रूपमा हेरिएको छ ।
‘तिनीहरूः एलिफेन्ट्स इन द फग’मा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, अलिज घिमिरे, आशान्त शर्मा, गौरी मल्ल, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । चलचित्र अहिले नेपालमा दोस्रो सातामा प्रदर्शनरत छ ।
प्रधानमन्त्रीद्वारा शुभकामना
प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’लाई बधाई तथा शुभकामना दिनुभएको छ ।
बालेनले दुवै अवार्डमा सिफारिश र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै चलचित्र हेर्न आग्रह गर्नुभएको छ । शाहले आइतबार दुवै अवार्डमा सिफारिश र मनोनयन भएको चलचित्रको ग्राफिक्स तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै लेख्नुभएको छ, ‘अविनाश विक्रम शाह निर्देशित ‘तिनीहरू ९९औं एकेडेमी अवार्ड्स अस्करका लागि नेपालको आधिकारिक प्रवेशका रूपमा छनोट भएको छ । सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा आगामी यात्राका लागि धेरैधेरै शुभकामना ।’ उहाँले थप्नुभएको छ, ‘अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै गरेको यो चलचित्र अहिले देशभर दोस्रो सातामा प्रदर्शनरत छ ।’ यसअघि यो चलचित्र फ्रान्सको कान्समा ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट भइसकेको छ भने फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ । सरकारले पनि यो चलचित्रलार्ई नगद राशीसहित पुरस्कृत गरिसकेको छ ।







भाद्रपद शुक्ल पञ्चमी : ऋषिपञ्चमी
सडकमा छट्पटाएको मातृत्व र हराएको
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ
कति छ आज विदेशी मुद्राको
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका
कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा