मानिस स्वतन्त्र प्राणी हो । उसका आफ्नै किसिमका स्वतन्त्रता हुने गरेका हुन्छन् । उक्त स्वतन्त्रताको पूर्णप्रयोग मानव जीवनको आदर्श पनि हो । यही आदर्शमा बाँचेको हुन्छ मानिस । त्यसैले स्वतन्त्रता जहिले पनि प्रजातान्त्रिक मुलुकमा रहेको हुन्छ । मानिसलाई लेख्न, बोल्न र आफ्ना भावनाहरू पूर्णरूपमा राख्ने अधिकार मुलुकका हरेक क्षेत्रमा हुन्छ भन्ने होइन । कतिपय विषय संवेदनशील हुन्छन् ती संवेदनशील विषयमा मानिसले आफूलाई स्वतन्त्ररूपमा उभ्याउन नसक्ने पनि हुन्छ । स्वतन्त्रताको सदुपयोग अरूको अधिकार र स्वतन्त्रतामा खलल पुर्याउने खालको हुनु हुँदैन । मानिसका अधिकार र उसले पाउने स्वतन्त्रताले जहिले पनि अरूको सम्मान गरेको हुनुपर्दछ । अरूलाई सम्मान गर्ने अभिव्यक्ति नै मानिसको पहिचान पनि हो ।
देशलाई सञ्चालन गर्ने, कानुनका मातहतमा आफूलाई उभ्याउने व्यक्ति मन्त्री हो । उसले आफ्नो राजनीतिमात्र होइन समग्र देशको प्रतिनिधित्व गरेको हुन्छ । उसका अभिव्यक्ति देशको हित र जनताको हितका लागि हुनु अनिवार्य मानिन्छ । त्यसो हुनसकेन भने मन्त्री नै विवादको कठघरामा उभिन सक्छन् ।
नेपाल गणतान्त्रिक मुलुक हो । हरेक क्षेत्रमा आज हामी स्वतन्त्र छौं । स्वतन्त्र अभिव्यक्ति हाम्रो आफ्नो पहिचान बनेको छ । नेपालीको बलिदानबाट प्राप्त स्वतन्त्रताको सदुपयोग आजको नेपालले भोगेको चिन्तन पनि हो । यही चिन्तनमा रमेका छौं हामी । यो स्वतन्त्रता कहिलेकाँही मानिसका लागि कमजोरी बनेर पनि आउने गरेको देखिन्छ । सामाजिक सद्भाव र राजनीतिक उत्तरदायित्व निर्वाह गर्न राजनीतिक नेता र ती नेताले प्रयोग गरेका पार्टीको जिम्मेवारी हुने गरेको पाइन्छ । मानिस कहाँ के बोल्ने भन्ने हेक्का भएन भने स्वतन्त्रताका नाममा हुने अभिव्यक्तिले आफैंलाई कमजोर बनाउने अस्त्रका रूपमा स्थापित भएका मानिन्छन् । त्यसैले अभिव्यक्तिमा लगाम आवश्यक छ ।
मन्त्रीका अभिव्यक्ति नै विवादस्पद
देशलाई सञ्चालन गर्ने, कानुनका मातहतमा आफूलाई उभ्याउने व्यक्ति मन्त्री हो । उसले आफ्नो राजनीतिमात्र होइन समग्र देशको प्रतिनिधित्व गरेको हुन्छ । उसका अभिव्यक्ति देशको हित र जनताको हितका लागि हुनु अनिवार्य मानिन्छ । त्यसो हुनसकेन भने मन्त्री नै विवादको कठघरामा उभिन सक्छन् । काठमाडौं प्रवेश गर्ने एउटामात्र मार्ग कृष्णभीरमा आएको पहिरोका कारण बन्द छ । राजधानीमा अहिले खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ । सोही अभावलाई पूर्ति गर्न सरकार लागेको पनि छ । सरकारका अघि त्यो अभावलाई पूर्ति गर्नु मुख्य विषय थियो तर त्यसो हुनसकेन ।
मन्त्रीले ग्यास अभाव सहज बनाउन आफ्नो मातहतका निकायलाई सक्रिय बनाएका समाचार पनि बाहिर आए तर पनि सरकारले ग्यास अभावलाई पूर्ति गर्न सकेन । अन्ततः मन्त्री नै विवादित अभिव्यक्तिमा देखापरिन् । व्यापारीलाई पाता फर्काउने र कर्मचारीले सहयोग नगरेको धारणा अघि सारिन् । अभिव्यक्ति मन्त्रीका व्यक्तिगत थिएनन् । एउटा मन्त्रीले बोल्ने बोलीमा संयमता अनिवार्य थियो तर मन्त्रीको अभिव्यक्तिमा आवेग थियो । त्यस आवेगका कारण मन्त्री पदबाट राजीनामा दिएर उनी आफैं बाहिरिइन् । किन त्यसरी व्यक्तिइन् मन्त्री । संयमता किन देखिएन उनको अभिव्यक्तिमा । आवेगमा बोल्ने अधिकार मन्त्रीलाई हुँदैन ।
यस्तै अभिव्यक्ति कानुनमन्त्रीले पनि दिइन् । राष्ट्रिय सभाले काम गर्न दिएन वा कानुन ल्याउन दिएन भन्दै आफ्ना अभिव्यक्तिलाई बाहिर ल्याइन् । उनी पनि विवादमा तानिइन् । कानुन बनाउने अधिकार प्रतिनिधि सभालाई छ । कुनै पनि कानुन निर्माण नेपालको संवैधानिक व्यवस्था अनुसार दुबै सदनबाट पारित हुनुपर्दछ । कानुन मन्त्रीले प्रतिनिधिसभा कानुन निर्माणमा बाधक नभएको तर्क राखिन् । राष्ट्रिय सभामा हाम्रो पार्टीको प्रतिनिधित्व नभएका कारण असहज भएको तर्क प्रस्तुत गरिन् । उनको अभिव्यक्तिमा विवाद सिर्जना भयो । देशको हितका लागि गरिने कुनै पनि कानुनलाई राष्ट्रय सभाले रोकेको तथ्य बाहिर आएको देखिँदैन तर मन्त्री अरूलाई दोष थोपर्दै आफू उम्किने काम गर्न खोज्नुलाई अपरिपक्वता नै मान्नुपर्ने हुन्छ ।
यस्ता अपरिपक्व अभिव्यक्ति प्रवाह गर्ने मन्त्रीका माध्यमबाट चलेको सरकारले जनहितका लागि के काम गर्न सक्ला भन्ने प्रश्न जन्मनुलाई अस्वाभाविक मान्न सकिँदैन । राजनीतिमा परिपक्वता हुनु अनिवार्य मानिन्छ । अपरिपक्व अभिव्यक्ति र निर्णयले जहिले पनि देशको हितलाई सर्वोपरि मान्दैन । मन्त्रीका अभिव्यक्तिमा देखिने यी बचकाना हरकत किन आए । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने हुन्छ । मन्त्रिपरिषद्को प्रमुख भएका कारण प्रधानमन्त्री मन्त्रिपरिषद् र संसद्प्रति जिम्मेवार हुनुपर्दछ । यदि त्यसो हुनसकेन भने राजनीतिको मूल सिद्धान्त जनअपेक्षा कमजोर हुने गर्दछ ।
मन्त्री संयममा रहनुपर्दछ । जे पायो त्यही अभिव्यक्ति दिन मन्त्रीलाई सुहाउँदैन । विवादमा तानिने गरी दिइने अभिव्यक्तिले कहिले पनि राजनीतिमा सफलता प्राप्त गर्न सकिँदैन । हामी आफैं सबल देशका बासिन्दा होइनौं । प्राकृतिक सम्पदामा सबल भए पनि कहिलेकाहिँ प्रकृतिमा आएको विपत्तिले हामीलाई कमजोर बनाएको हुन्छ । यही कमजोरी हाम्रो लागि सहज नहुन पनि सक्छ । संयम, व्यवस्थित, परिपक्व अभिव्यक्तिको जिम्मेवार लिएर आफूलाई राजनीतिका क्षेत्रमा उतार्नु नै मन्त्रीको दायित्व हुनुपर्दछ ।
प्राकृतिक विपत्तिमा एकजुट हौं
प्रकृतिले जहिले पनि मानिसको कल्याण चाहन्छ । प्रकृतिबाट प्राप्त गरेका सबै वस्तु वा पदार्थले मानिसको जीवनलाई गतिशील तुल्याएको हुन्छ । यही गतिशीलता नै जीवन निर्वाहको आधार बनेको पाइन्छ । त्यसैले मानिस कहिले पनि प्रकृतिसित खेलवाड् गर्न मिल्दैन । भदौ १० गते नेपालले नसोचेको प्राकृतिक विपत्ति भोग्न बाध्य भयो । यो बाध्यता हाम्रो थियो । प्रकृतिमाथि विजय पाउन खोज्ने मानिसलाई कहिलेकाहिँ प्रकृतिले नराम्रोसित झापड हान्ने गर्दछ । यही भयो नेपालको सन्दर्भमा पनि । कति जना बेपत्ता भए । कति मरे भन्ने पूर्णजानकारी नेपाल सरकारसित पनि छैन ।
यो विपत्तिमा के कति मानिस तीर्थ जान हिँडेका थिए । के कति आन्तरिक पर्यटनका लागि गएका थिए । के कति विदेशी थिए र के कति मानिस विद्युत् निर्माणास्थलमा थिए । यथार्थ जानकारी पनि देखिँदैन । विपत्तिमा एकजुट भएर देश लागेको छ । सबैको सहयोग सरकारलाई छ । सरकार पनि लागिपरेको छ । छिट्टै नै यो प्रकृतिको आपत्तिबाट हामी बाहिर आउनेछौं । यो सत्य हो । प्रकृतिसित जुध्नु र प्रकृतिमा रमाउनु मानवीय प्रवृत्ति हो । यो प्रवृत्ति हाम्रा लागि कुनै नौलो कुरा पनि होइन तर प्रकृतिमा आएको यो असाधारण परिवर्तनले हामीलाई मात्र होइन विश्वलाई नै चकित पारिदिएको छ ।
सरकार र सरकारका मन्त्री संयमित हुनुपर्दछ । सरकारले सबैसित सहयोग लिन सक्नुपर्दछ । सरकारले अरूलाई केही जान्दैनन् हामीमात्र जान्ने छौं भन्ने अभिव्यक्ति दिनुहुँदैन । सरकार पूर्णबहुमतमा छ । उसले देशको हितका लागि गर्ने निर्णयमा उसलाई सबैको सहयोग छ तर आफूमात्र जान्ने र अरू केही होइनन् भन्ने अभिव्यक्ति दिनुपर्ने आवश्यकता पनि छैन ।
उद्दारमा खटिएका कतिपय व्यक्ति विवादमा तानिए । विवादमा तानिएका व्यक्ति आफैं कमजोर बने । सामाजिक सञ्जालमा असंयमित बनेर कतिपय व्यक्ति देखिए । सरकारका पक्षमा लेख्दा स्यावसी पाउने प्रवृत्ति हावी भयो । सरकारका विरुद्ध बोल्न पनि नपाइने अवस्थाको सिर्जना कसले गरेको हो ? सामाजिक सञ्जालमा अभिव्यक्त हुने यस किसिमका अभिव्यक्तिले मानिसलाई जहिले पनि कमजोर बनाएको हुन्छ । यो कमजोरीमा सरकार सचेत हुनु अनिवार्य मानिन्छ । यदि सचेत भइएन भने अभिव्यक्तिमात्र विवादमा आउने होइन सरकार नै विवादमा पर्न सक्छ । यस विवादलाई हामीले मिलेर सम्बोधन गर्न सक्छौं ।
सरकार र सरकारका मन्त्री संयमित हुनुपर्दछ । सरकारले सबैसित सहयोग लिन सक्नुपर्दछ । सरकारले अरूलाई केही जान्दैनन् हामीमात्र जान्ने छौं भन्ने अभिव्यक्ति दिनुहुँदैन । सरकार पूर्णबहुमतमा छ । उसले देशको हितका लागि गर्ने निर्णयमा उसलाई सबैको सहयोग छ तर आफूमात्र जान्ने र अरू केही होइनन् भन्ने अभिव्यक्ति दिनुपर्ने आवश्यकता पनि छैन । प्रकृतिले दिएको चोटमा विश्वसमुदायबाट सहयोग प्राप्त भएको छ । त्यसको सही सदुपयोग आवश्यक छ । यदि सहयोगलाई सम्बन्धित निकायसम्म पुर्याउन सकियो भने यो घाउबाट देश केही समयमा नै बाहिर निस्कनसक्ने अवस्थामा रहेका छौं । राजनीतिनमा हिलो छ्याप्ने प्रवृत्ति गलत हो । हिलो नछ्यापीकन देश र जनताका लागि राजनीति गरियो भने हामीलाई उठ्न कसैले पनि रोक्न सक्दैन ।
हामी संयमित छौं । हाम्रा पुर्खाले हामीलाई संयमित हुन सिकाएका छन् । नेपालीको पहिचान पनि संयमित रहनु र आफ्नो देशका लागि समर्पित हुनु मानिएको छ । विकासका माध्यमबाट आफूलाई सहज रूपमा उतार्नु आजको आवश्यकता हो । यो आवश्यकता सरकारमा बसेकाले पूर्ण जिम्मेवारसाथ निर्वाह गर्नु आवश्यक मानिन्छ । विपक्ष वा प्रतिपक्षले देशको हितमा लिइने निर्णयलाई सहर्ष स्वीकार गरेको पनि छ । सबैलाई साथमा लिएर अघि बढ्नु सरकारको आफ्नो दायित्व र कर्तव्य पनि हो । यो कर्तव्यमा सरकार चुक्नुहुँदैन । सरकारका साथमा नेपाली जनता छन् । जनतालाई सर्वोपरी मान्ने क्षमताको विकास सरकारमा रहेर गर्नु आवश्यक मानिन्छ ।
नेपाल अब पुनर्निर्माणमा जुट्नु आवश्यक मानिन्छ । जुटेर एकतामा बाँधिएर आफूलाई जीवन्त बनाएर उभिनु सरकारको कर्तव्य हो । जनहितका लागि उठाइएका हरेक कदममा सहयोग गर्नु विपक्षको दायित्व हो । दायित्वबाट सरकार पन्छिन मिल्दैन । त्यसैले अभिव्यक्तिमा लगाम, काँधमा जिम्मेवारी, काममा इमानदारी आजको आवश्यकता हो । बोलीमा संयमता अपनाएर देशको हितमा उठ्न सबैमा आग्रह ।







खर्क व्यवस्थापनबाट जलवायु र बेरोजगारीको
अपहरणमा परेको १२ दिनपछि १५
विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय
मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा
एनपीएलमा अहिलेसम्मकै ठूलो ‘स्टार’ इन्ट्री,