काठमाडौँ । जापानमा आगामी असोजमा हुने २०औँ एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा रोहितकुमार पौडेल, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, कुशल मल्ल, नन्दन यादव, ललितनारायण राजवंशी र शेर मल्ल रहेका छन् ।
टोलीको मुख्य प्रशिक्षकमा स्टुअर्ट ल रहेका छन् ।
नेपालले आगामी असोजमा जापानमा आयोजना हुने एसियाली खेलकुदमा क्रिकेटतर्फ प्रतिस्पर्धा गर्नेछ ।







आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ