काठमाडौँ । सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका सामग्री प्रसारण गरी घृणा तथा द्वेष फैलाएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका छन् ।
विपद्पछिको खोज, उद्धार तथा व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीप्रति घृणा फैलाउने सामग्री प्रसारण गरी नागरिक र सुरक्षा निकायबीचको सुमधुर सम्बन्धमा खलल पु¥याएको आरोपमा उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले परियारलाई अनामनगरबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल