भोजपुर । भोजपुरमा जारी चौथो बिहानी कप यू–१६ अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि सगरमाथा इङ्लिस बोर्डिङ स्कुलले जितेको छ ।
भोजपुर सदरमुकामस्थित टुँडिखेलमा आइतबार भएको फाइनलमा सगरमाथाले गत वर्षको तेस्रो संस्करणको विजेता सिद्धेश्वर माध्यमिक विद्यालय, दाँवालाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि हात पारेको हो । निर्धारित समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइबेकरबाट गरिएको थियो ।
भदौ २४ गतेदेखि बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल संघको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा भोजपुर नगरपालिका र टेम्केमैयुङ गाउँपालिकाका १५ विद्यालयले सहभागिता जनाएका थिए ।
उपाधि विजेता सगरमाथाले नगद ४४ हजार ४५० रुपैयाँ तथा उपविजेता सिद्धेश्वरले २२ हजार २५० रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । दुवै टोलीले ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गरेका छन् ।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष विकल श्रेष्ठले जानकारी दिनुभयो ।
विजेता तथा उत्कृष्ट खेलाडीलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आले, आयोजक संस्थाका अध्यक्ष श्रेष्ठलगायत अतिथिले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।







प्रदेश सरकार मार्फत म्याग्दीका पाँच
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ?
कपालमा चाया परेर हैरान हुनुहुन्छ
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै