बर्दिया । बर्दियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दुई जनाको सोमबार बिहान मृत्यु भएको हो । बाँके खजुरा गाउँपालिका-३ का ४३ वर्षीय तिलक शर्माले चलाएको भे १ ज १८६८ नंम्बरको ईभी हाईस चार्जिङ गर्न लैजाने क्रममा राजापुर नगरपालिका-४ भन्सार चोकस्थित वडा नंम्बर ४ का पैदल यात्री ६२ वर्षीय धनिराम चौधरीलाई आइतबार राती साढे १० बजे ठक्कर दिएको थियो ।
घाईते चौधरीको राजापुर स्थित प्राथमिक उपचारपछि थप उपचारको लागि बाँकेस्थित नेपालगंज स्थित संजिवनी कलेज अफ मेडिकल साईन्सेस प्रालिमा पठाईएको थियो । उपचारको क्रममा सोमबार बिहान सवा ५ बजे चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए । हाईस र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यस्तै, सोमबार राति साढे दुई बजे गुलरिया नगरपालिका-१ स्थित हुलाकी सडक खण्डको १४ नंम्बर स्थित मोटरसाइकल दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ । नाम नखुलेको ३२ वर्षीय पुरुषले चलाएको भे १३ प ३५ प ३५९१ नंम्बरको मोटरसाइकल पोलमा ठोक्किएर घाईते भएका थिए ।
बर्दिया अस्पतालमा उपचारको क्रममा सोमबार बिहान ३ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको नाम खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी