काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारको छुट्टै नयाँ कोष गर्ने नीति नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार विधायन व्यवस्थापन समितिमा भएको ‘संक्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३’ माथि दफावार छलफलका क्रममा उहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनुभएको हो । बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न माग गरेको थिए । तर कृषिमन्त्री चौधरीले हाल नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्ष्पट पार्नुभएको हो । विभिन्न प्रयोजनका लागि विगतमा स्थापना गरिएका कोष प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको तथा कतिपय अवस्थामा दुरुपयोग समेत भएको उहाँको भनाई छ ।
यद्यपि सङ्क्रामक पशुरोग नियन्त्रणका लागि राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरोकारवालाको सहभागितामा कोष स्थापना गर्न सकिने उहाँको भनाई छ । सङ्क्रामक पशुरोग नियन्त्रण गर्न प्रस्तावित कोषको स्वरूपबारे पुनर्विचार गर्न सकिने उहाँले बताउनुभयो । उहाँकाअनुसार सरकारले विधेयकको प्रारम्भिक मस्यौदा तयार गर्दा सङ्क्रामक पशुरोग नियन्त्रणका लागि छुट्टै कोषको परिकल्पना गरेको थियो । तर अर्थ मन्त्रालयबाट राय लिने क्रममा प्रश्तावित व्यवस्था अन्य प्रचलित प्रावधानसँग बाझिने देखिएपछि समस्या आएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हाल एकीकृत कोष बनाएर लैजाने भन्ने कुरा उठेको छ । विगतमा विभिन्न कोषहरू खडा गर्दा त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको र भएका कोषहरूमा समेत दुरुपयोग भएको थियो । त्यसकारण सङ्क्रामक पशुरोग नियन्त्रण विधेयकको सन्दर्भमा पनि हामीले कोषको परिकल्पना गरेका थियौँ । शुरुमा विधेयक पठाउँदा नै कोषको व्यवस्था गरेर पठाएका थियौँ । तर पछि अर्थ मन्त्रालयको राय लिँदा अन्य व्यवस्थासँग बाझिने अवस्था आयो । अहिले राज्यलाई थप आर्थिक भार नपर्ने गरी सरोकारवालाहरूबाटै कोष सिर्जना गरेर अघि बढ्ने हो भने त्यसमा जान सकिन्छ ।’
बैठकमा सांसदहरुले संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्र्नुपर्नेमा जोड दिएका थिए ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा