काठमाडौँ । यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’ लाई भोटेकोशी बाढीपीडितलाई सहयोग गर्ने अभियानसँग जोडिएको छ ।
‘चाडपर्व पनि मनाऔँ, बाढीपीडितलाई पनि सहयोग गरौँ’ भन्ने नारासहित शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै ‘ब्राइडल मेकअप कम्पिटिसन’ समेत आयोजना गरिएको थियो । कार्यक्रममा सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने आयोजकले जनाएको छ ।
फेसियल हाउसकी संस्थापक तथा प्रबन्ध निर्देशक सुष्मा महराले चाडपर्वलाई सामाजिक सेवासँग जोडेर अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले संस्कृति संरक्षणसँगै आफन्त तथा साथीभाइसँग भेटघाट गर्ने र विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले यस वर्षको कार्यक्रमलाई बाढीपीडित सहयोग अभियानसँग जोडिएको बताउनुभयो ।
यस वर्ष आयोजित ब्राइडल मेकअप प्रतियोगितामा २५ जना प्रतिस्पर्धी सहभागी हुनुभएको थियो । प्रतियोगितामा विभिन्न सात विधामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा सुनिता राई विजेता बन्नुभयो । अस्लिना गुरुङ फस्र्ट रनरअप र उर्मिला तामाङ सेकेन्ड रनरअप घोषित हुनुभयो ।
त्यस्तै, जुनु श्रेष्ठ बेस्ट पर्फमर, मुना राई बेस्ट ¥याम्प वाक, सुनिता लामा बेस्ट ट्रेडिसनल अटायर प्रेजेन्टेसन तथा सरु गुरुङ स्टाइल आइकन अफ द इभेन्ट घोषित हुनुभयो । विजेताहरूलाई क्राउनसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, नाचगान तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । फेसियल हाउसले स्थापनाकालदेखि नै हरेक वर्ष विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो ।







पश्चिमी र मनसुनी वायुको प्रभाव
नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित
अण्डाको उत्पादन र खपत बढाउन
पुरानो बस नचलाउन भनेका थियौँ
कति छ आज विदेशी मुद्राको
आश्विन कृष्ण औँसी : सोह्र